:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

हेर् हेर् सुड्डो गयो जस्तो छ हौ!"


निशान्तले आँखा च्यातेर बिस्टेबुढा डुब्न लागेको हेर्दै केहि डर मिश्रित स्वरमा भन्यो।


झिल्केका आँखा, अघि देखि त्यतै थिए। ऊ केहि बोलेन। अवाक् भएर केवल प्रकृतीको सानो तान्डव हेर्न थाल्यो।


पर, भउते खोलामा उभिएर खोलाको बहावसंग संघर्ष गर्दा हल्का हल्लिएर दुवै हात उठाउँदै कराइराखेको थियो, तर उसको चिच्याहट खोलाको गडगडाहटमा विलिन हुँदै थियो।


दुवैका अनुहार पँहेला देखिन्थे र थाहा हुन्थ्यो एकछिन अघिसम्म गाँजाको नशामा मातेका यिनिहरु अहिले नजानिँदो किसिमले डराइरहेका थिए।


दुबैलाई थाहा  थियो, कुरा गर्दा मानिसहरुलाई थर्काउँदा जे जस्तो बोले पनि, अहिले सम्म चलचित्रमा बाहेक उनिहरुले यस्तो दृष्य देखेका थिएनन्।


अचानक उनिहरुले कोहि उनिहरुको समिपबाट दौडिएको चाल पाए।


बिस्टे बुढा बग्दै गरेको हेरिरहेका निशान्त र झिल्केले झस्किएर दौडँदै गरेको गाउँलेलाई हेरे।


गाउँले उनिहरुले हेर्न नभ्याउँदै खोलामा पस्यो र पौडिन थाल्यो।


उनिहरु झन अवाक भएर हेर्न थाले।


खोलामा पसेको गाउँले र बिस्टे बुढा कहिले डुब्दै कहिले उत्रिँदै क्रमश: नजिक हुँदै गरेको उनिहरुले देखे। उनिहरुले हेर्दा हेर्दै गाउँलेले बुढालाई पारी किनारमा लग्यो र भुइँमा लडायो।


उनिहरुले देखे भउते अब किनार तिर फर्कँदै छ।


"मोर्यो जस्तो छ है?"


निशान्तले एकटकले पारि हेर्दै झिल्केलाई भन्यो।


" हो जस्तो छ, लाश निकालेको जस्तो छ, त्यो अघि खोलामा कराउने गाउँलेले यो गाउँलेलाई हात दिएर बोलाएको रैछ!"


झिल्केले अनुमान लगायो।


निशान्त अनुहारमा भयमिश्रित भाव लेराउँदै बोल्यो-


"हामिले मान्छे मोरेको देख्यो हौ आज!


झिल्के केहि बोलेन।


त्यो अघि कराउने गाउँले लाशलाई हेर्दै छ हौ!


निशान्तले भउते बिस्टे बुढाको शरिरमा झुकेको देखेर भन्यो।


झिल्के फेरि केहि बोलेन। उनिहरुले हेर्दा हेर्दै एकछिन अघिसम्म खोलामा हिँडिरहेको मान्छे मरेको यथार्थ उसको थियो जसले गर्दा ऊ भय ले चुप थियो।


पर्वतेले चिठि पठाएर गाउँ निकै रमाइलो छ र गाउँमा भने जस्तो गर्न पाइन्छ भनेपछि उनिहरु एकदिन पनि ढिलो नगरि गाउँ हेर्न आएका थिए र अघि सम्म आज बेलुका कुनै धोबिनीको पसलमा पर्वतेले बयान गरेको जुरेली नामक षोडशीको सामिप्यमा रक्सिको नशामा झुम्ने कल्पनामा मग्न थिए। तर अहिले उनिहरुको अगाडिको दृष्य र उनिहरुको अवश्था हेर्दा लाग्दथ्यो, शायद उनिहरु जीवनमा कहिले पनि यो खोला तर्ने साहस गर्न सक्दैनन्। आफ्ना कुरा र हाउभाउले शहरको टोलमा दादागिरी देखाउनेहरु आज खोलाको दादागिरि देख्दै थिए। कलेजका क्यान्टिनमा साहसको खोक्रो आडम्बर देखाउनेहरु, आज बर्खाको गड्गडाउँदो खोलाको जङ्घार छिचोल्ने साहस भएका गाउँलेहरु देख्दै थिए। बहादुरीको नक्कलि कुरा गर्नेहरु आज एउटा गाउँलेले जीवन जोखिममा पारेर डुब्न लागेकोलाई बचाएको वास्तविक बहादूरी देख्दै थिए।


*****


त्यो कुनै शक्ती नै थियो जसले अचानक गालेको मनमा भएको डर तिरोहित गरेको थियो र डुब्न लागेको बिस्टे बुढालाई बचाउने भावनाले ऊ लुगा समेत नखोलि गड्गडाउँदो खोलामा हामफालेको थियो। खोलामा पस्न बेलामा ऊ, ती दुईजना अवतारीहरुको नजिकबाट पसेको थियो र उसको सोचाईबाट धेरै पर, उसले ती अवतारीहरुको अनुहारमा अघिसम्म उलाई लागेको भन्दा निकै ठूलो डर देखेको थियो। उ सकेसम्म छिटो बुढालाई भेट्टाउने आशामा निकै बलपूर्वक बाँकटे हान्दै थियो। उसलाई केवल एउटै डर थियो अहिले, ऊ खोलाको बिचमा पुग्दा बिस्टे बुढालाई खोलाले ऊ भन्दा तल पुर्याउँछ कि भनेर। गाले बुढा कहिले उत्रने कहिले डुब्ने गरेको हेर्दै छिटोछिटो पौडिरहेको थियो।


उ बिचतिर पुग्यो त्यहिबेला बुढालाई खोलाले उसको नजिक केहि पलको लागि सतहमा देखाएर फेरि डुबायो। उ त्यतै पौडियो र हातले बुढालाई समात्ने प्रयास गर्न थाल्यो। उसका हातले बुढाको पाखुरा भेट्यो र उसले समात्यो। लगत्तै उसले महशुस गर्यो बिस्टे बुढा बाँच्ने आशामा उसको शरिर समात्न खोज्दैछन्। उसले निकै कुशलतापूर्वक केहि पलको लागि बिस्टे बुढाको पाखुरा छोडिदियो र घुमेर खोलाको माथिपट्टि पौडियो, लगत्तै फेरि हात बढाएर बुढाको कपाल समात्ने कोशिस गर्यो र उसका हातले बुढाको गर्धन समाते। उसले हात बढाएर बुढाको कपाल बलियो संग समात्यो र बुढाको टाउको पानीको सतह माथि ल्यायो। आफू खोलाको माथिपट्टि नै रहेर बुढाको बाँकि शरीर खोलाको तलपट्टि लडन दिएर कपाल समात्दै पौडँदै पारिपट्टि गयो र किनारमा पुगेर बुढालाई बगरमा सुतायो र आफू उत्तानो परेर निकै जोड जोडले स्वाँ स्वाँ गर्न थाल्यो। अत्याधिक शारीरीक परिश्रम परेकोले होला उसलाई मुटु पोलेको भान भयो। ऊ आँखा चिम्लेर उत्तानो परेर बालुवामा लडेर सास फेर्न थाल्यो। उसले थाहा पायो भउते किनारमा फर्केर दौडँदै बुढा नजिक आएर बुढाको छाति थिच्दै थियो।


ऊ निकै बेर यत्तिकै पल्टियो। केहि समयपछि उसको स्वाँ स्वाँ घट्न थाल्यो र उसले पल्टेर बुढा पट्टि हेर्यो भउतेले बुढालाई पानी छदाउँदै थियो। ऊ उठेर टुक्रुक्क बस्यो र भउते तिर हेर्यो।


"जिम्दै छन्, सास फेर्दै छन्…..एक गाग्रि जति छादे होलान्!"


भउतेले गालेको आँखाको प्रश्न बुझेर उत्तर दियो र बुढा नजिकै बालुवामा थ्याच्च बस्यो।


गाले फेरि उत्तानो परेर बालुवामा पल्टियो र आँखा चिम्लेर लामो सास फेर्न थाल्यो।
(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:42 PM ] | Viewed: 2562 times [ Feedback]


: