:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

भालेको मुख बाँधेपछि कुम्ले ढुक्क थियो। ऊ हतार हतार हिँड्दै थियो र साथसाथै पल्याकपुलुक यताउता हेर्दै पनि थियो। उसलाई सकेसम्म छिटो घर पुग्नु थियो। उसलाई भोक लागेको आभाष हुन थाल्यो र उसले च्यापेको भालेको स्पर्शले उसको भोक झन बढाइराखेको थियो। बाटो तेर्सो भएता पनि तुलनात्मक रुपले अलिकता ओरालो जस्तो बाटो हिँड्दै थियो कुम्ले, र छिटो छिटो हिँड्दा उसलाई गुरत्वबलले झन् लगभग दौडाउँदै थियो। भाले लिएर हिँडेदेखि ऊ शान्त हुन सकेको थिएन। उसले महशुस गर्दै थियो, भाले देखेर लैजानेकुरा सोच्न जति सजिलो थियो लिएर सबैको आँखा जोगाउँदै हिँड्न त्यति नै गाह्रो।

"आँखा फुटेर भाले च्यापेर हिँडेछु!"

उसले पुन्टे बुढाको घरदेखि यहाँ सम्म आइपुग्दाको आफ्नो छटपटी सम्झेर मनमनै बोल्यो।

घर पुग्न अझै निकै थियो किनकि कैले साहुको पसलको बाटो जानु उचित थिएन र घुमेर जाँदा पहिला अलिकता ओरालो ओर्लेर फेरि उकालो जानु पर्दथ्यो।

ऊ हिँड्दै थियो र खैनीको तलतलले उसको मुख सुकेको थियो।

ऊ एकै चालले हिँड्दै च्यापेको भालेको मुख हेर्न थाल्यो, कतै बाँधेको फुस्कन त फुस्किएन भनेर। ऊ भालेको मुख हेर्दे थियो र फटाफट हिँड्दै पनि थियो।

अचानक केहि चिज संघ ऊ ठोक्कियो। उसले ठोक्किनासाथ ठोक्किएको चिजलाई हेर्न छाडेर कुखुरा जोडले शरीरमा च्याप्यो; शायद उसको अन्तर्मन र शरीर दुवैले कुखुरा जोगाऊन चाहेका थिए। डङरङ्ग आवाज आयो, कुखुरा च्यापि च्यापि उसले भुइँतिर हेर्यो, कोहि उत्तानो परेर भुइँमा ढलेको थियो। एउटा डोको गुड्दै गुड्दै तल कान्लातिर झर्दै थियो। उसले लडेको मान्छेलाई झुकेर हेर्यो। रिट्ठे रहेछ। रिट्ठेका सुख्खा ओठ केहि बर्बराउन खोज्दै थिए। उसले झुकेर रिट्ठेलाई हेर्यो। रिट्ठेका आँखा फुस्रा हुँदैथिए र माथितिर पल्टिँदै थिए।

कुम्ले आत्तियो। पहिला त उसलाई लाग्यो उसले कुखुरा चोरेको रिट्ठेलाई थाहा भयो र अब गाउँमा नराम्रो हुन सक्छ। तर तत्कालै ऊ अझ बढि आत्तियो। उसलाई लाग्यो रिट्ठे मर्दै छ! घाम सिधा रिट्ठेको अनुहारमा परेको थियो र रिट्ठेको सुख्खा अनुहारमा घाम परेर अझ फुस्रो देखिएको थियो। कुम्ले धेरै नै डरायो। अहिले बाटोमा कोहि हिँड्दै आएर उसलाइ देख्यो भने के सोच्ला? कुम्ले ले के गर्ने नगर्ने सोच्न सकेन। रिट्ठे अचेत थियो। कुम्लेले रिट्ठेको नाकमा औँलाको पछाडिको भाग लगेर टाँस्यो। रिट्ठेले सास फेर्दैछ भन्ने लागेर केहि राहत महशुस गर्यो। दायाँ बायाँ हेर्यो। केहि सोच्यो। कुखुरा च्यापि च्यापि तल कान्लामुनि गएर डोको लिएर आयो। कुखुरालाई सुरुवालले पूर्ण रुपमा बेर्यो र डोकोमा हाल्यो। रिट्ठेको शरीरले घुम थिचेको थियो। उसले रिट्ठेको शरीर हल्का पल्टाएर घुम झिक्यो र निकै दुख गरेर घुम भाँच्यो र डोकोभित्र कुखुरा छोपिने गरेर अड्कायो। नाम्लो अझै रिट्ठेको घाँटिमा बेरिएको थियो। नाम्लो फुस्कायो र डोकोमा लगाएर बोक्यो। रिट्ठेलाई उठायो र बोक्यो।

पछाडि डोको बोकेर अगाडि रिट्ठेलाई बोक्दै कुम्ले कतै फटाफट हिँड्दै थियो।

त्याँ नपुए सम्म रिट्ठे नमरोस परमेस्सोरी!

कुम्लेले रिट्ठेको मायाले भन्यो वा उसको आफ्नै डर बोल्यो उसैलाई थाहा होला!

 

*****

 

आज बिहानै मदनवाको निद्रा खुल्यो। बिगत केहि दिन देखि झरी परेको परेइ भएर उसलाई साह्रै नरमाइलो लागिरहेको थियो। अहेव भएर पहाडमा आए देखि नै उसलाई नरमाइलो लाग्न थालेको थियो। गाउँलेले दिएका इज्जत र मायामा त उसको केहि गुनासो थिएन तर उसलाई जता हेर्यो बिशाल संसार छोप्ने पर्खाल जस्ता डाँडा, कहिले जिऊ नै तल झर्ला जस्तो ओरालो र कहिले पार पाइनसक्नुको उकालोले दिक्क बनाउँदथे। बर्खा त झन उसको लागि शायद अभिषाप नै थिए। पर डाँडामा जतिबेला पनि हुस्सु लागेको उराठ लाग्दो दृष्य हुन्थ्यो र हेल्थपोस्टको आँगनमा बर्खाभरि हिलो जम्ने गर्दथ्यो। घरबाट चिट्ठि पनि खोला बढिदिनाले समयमा आउँदैनथ्यो र ऊ आफ्नो गाउँ आफन्त बाट धेरै नै टाढा भएको महशुस गर्थ्यो। बर्खामा बिरामिको चाप लाग्दथ्यो र सम्पुर्ण हेलथपोस्टमा ऊ मात्र एक्लो थियो जसले गर्दा उसलाई भ्याइनभ्याई पर्दथ्यो। औषधी पनि बर्खामा भनेजति समयमा आइपुग्दैनथ्यो र औषधीको अभावमा कुनै बिरामीलाई बढि च्यापेमा न त उसले केहि गर्न सक्थ्यो न त एउटा पुल समेत नभएको बर्खाको गडगडाउँदो खोला तरेर शहर जाने सल्लाह दिन सक्थ्यो। तर पनि समग्रमा ऊ संतुष्ट नै थियो आफ्नो जागिर देखि। उसलाई जतिबेला पनि यो गाउँमा केहि समयको लागि आएको र पछि ऊ आफ्नै देहात फर्कने छ भन्ने लाग्दथ्यो तर उसलाई थाहा थियो उसका अब आउने कयौँ वर्षहरु यहि उकाली ओरालीमा बित्नेछन्। यसरी प्रत्येक बर्खा उ धेरै सोच्ने गर्दथ्यो र आफूलाई व्यस्त राख्दथ्यो, अनि आउने छठमा घर जाने कल्पनामा आफूलाई खुसि बनाउन थाल्दथ्यो।

आज एकजना पनि बिरामी आएका थिएनन् त्यसैले बिहान उठेदेखि उसले धेरै कामहरु भ्याइसकेको थियो। बिरामी राख्ने कोठा सफा गर्यो। आफ्नो कोठा सफा गर्यो र बारीमा गएर करेला टिपेर ल्यायेर काटककुट पारेर मजाले भुटेको थियो र अब दाल पकाउने तरखरमा थियो।

डाउडरsss साप! डाउडररररsss साप!

बाहिर कसैले बोलाएको आवाजले मदनवाले हातमा लिएको दालको डिब्बा भुइँमा राख्यो र बाहिर निस्कियो।

कुम्ले पछाडि डोको र अगाडि रिट्ठेलाई बोकेर कराइरहेको रहेछ।

कथि भयो रिठे दाजुको, भितर लियाउनोस?

रिट्ठेलाई चिनेर मदनवाले कुम्लेलाई प्रश्न गर्यो र बिरामि जाच्ने कोठातिर छिर्यो।

कुम्ले रिट्ठेलाई बोकेर भित्र छिर्दै बोल्यो-

बाट्बाटै आइराथेँ, बजियासंग ठोक्केछु नराम्रोसित, त्याँसि त ढलेर फुस्रा आँखा पल्टाइहालो! मरिसको कि न?

कुम्लेले रिट्ठेलाई खाटमा राख्यो र डोको बिसायो। निधारमा पसिना आएको रहेछ पसिना पुछ्यो र टुलुटुलु मदनवालाई हेर्न थाल्यो।

मदनवाले रिट्ठेको नाडि छाम्दै भन्यो-

कहाँ मरिहाल्नुहुन्छ रिठे दाजु, बस बेहोश भएछ तपाइँ कोनो चिन्ता नकरिलिनुस!

कुम्लेको सास आयो।

मदनवाले रिट्ठेको आँखाको ढकनि पल्टाएर हेर्यो र भन्यो-

डिहइडरेसन भएछ म सैलान चढावँछ!

कुम्लेले सबै बुझे जसरि टाउको हल्लायो, मदनवातिर हेर्दै फेरि सोध्यो-

छातिमा मेरो कुइनु नराम्रो सित ठोक्क्या तो, मुटु फुटो कि एसको?

कहाँ कोहिना लगेर मुटु फुँट्छ? फुँटेछेन। बस एक बोतल सैलान से होश लियावँछ!

कुम्लेले संतुष्टीको लामो सास फेर्यो।

मदनवा सेलैनपानीको बोतल ठिक पार्न थाल्यो।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:24 PM ] | Viewed: 2238 times [ Feedback]


: