:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

बिस्टे बुढाको मनमा चलेको आँधिले थामिने नाम लिएको थिएन। हिजोको झरिले चिप्लो बनाएको ओरालो बाटो हिँड्दा कयौँ पटक बुढाका खुट्टाले जमिन छोड्न खोजेका थिए तर भौतेको बलिष्ट पाखुराले बुढालाई लगभग झुण्ड्याउँदै भए पनि दोभानेको बगर सम्म ल्याइपुर्याएका थिए। बगरमा हिँड्दा हिड्दै बुढालाई निद्रामा कतै उडेको जस्तो लाग्न थालिसकेको थियो। उमेर, पिर, थकान र पिडाले होला बुढालाई रिंगटा लागेको, तर नातिनी मरेको बाँचेको केहि पत्ता लागेरै छाड्छ भन्ने बुढाको इच्छाशक्तीले होला बुढा अझै पनि हिँड्दै थिए।

"ल खोलो आइपुगो हउर, दरो छ जस्तो छ बग्या हेर्दा त, तर्न त परो केरे नि पारी जान!"

भउतेले लुगा फुलाक्न अडिँदै बिस्टे बुढातिर हेरेर भन्यो।

बुढा चुपचाप लुगा फुकाल्न  थाले। सुरुवाल फुकाल्न निहुँरिँदा बुढालाई एक छिन आँखा अगाडि अँध्यारो भएको जस्तो लागेको थियो तर तत्कालै बुढा सिधा भएका थिए र कान र कन्चटमा तातो लहर बुढाले अनुभव गरेका थिए।

भउतेले बुढाको पाखि पट्ट्याएर काँधमा झुन्ड्याउँदै भन्यो-

ल हउर मास्तिर बस्नोस मेरा हात बल्लयो संअ समात्नुस नि फेरि!

भउतेले देब्रेहात बुढातिर बढायो र बुढाले दाहिनेहात भउतेतिर। कैँचि पारेर भउतेले बुढाको हात आफ्नो हातमा अड्काएर समात्यो र खोलामा दुवैले पाइला राखे।

भउतेले एक पटक पारि हेर्यो। तल दुईजना मान्छे खोलाको किनारमा देख्यो।

जङ्घार तल बनेछ जस्तो छ त?

भउतेले बर्खाले खोलाको जङ्घार तल बनेको हो कि भन्ने शंका प्रकट गर्यो, पारिपट्टि मान्छेहरु देखेर।

हइन एइ हो जङ्घार, जुन बर्ख नि एतै हुन्छ!

बुढाले आफ्नो उमेरपरयन्त देखेको अनुभव बताए।

भउते चुप लाग्यो।

दुवैजना बिस्तारै खोलामा अगाडि बढे।

ढूङ्गा चिल्पा रेछन बिचार अरेर टेक्नोस!

बुढाले सकारात्मक रुपमा हल्का टाउको हल्लाए।

बुढाका अभ्यस्त खुट्टाहरु एक एक गर्दै एकछिन उचालिन्थे पानी संग हल्का संघर्ष गर्थे र तल छुन्थे, केहि पल तल भुइँ छाम्थे र बलियो संग दवावका साथ टेक्दथे। फेरि अर्को खुट्टाले यहि क्रम दोहोर्याउँथ्यो र खोलाको बहावले अलिकता उँधो लैजान्थ्यो। भल बलियो भएको महशुस बुढाले गर्दै थिए र ढुङ्गाहरु पनि चिप्ला थिए।

पानी घुँडा भन्दा माथि आउँदै थिए र दुवैजना खोलाको बिचतिर पुग्दै थिए। उनिहरुले पसेको किनार निकै माथि छाडिसकेका थिए र जङ्घार छिचोल्न अझै आधि भन्दा बढि बाँकि थियो।

बुढाले दाहिने खुट्टा उचाले र बिस्तारै तल सतहमा टेके। केहि चिप्लो ढुंङ्गा बुढाको पैतालाले महशुस गर्यो बुढाले बलियो संग टेके। ढुङ्गा केहि ठूलो रहेछ र बुढाको खुट्टाले छेउमा टेकेको रहेछ। बुढाका खुट्टा चिप्लियो ढुङ्गाबाट तलपट्टि। खुट्टा चिप्लँदा बुढा केहि आत्तिए र सम्हालिन खोजे।यसबाट अनभिज्ञ भउतेले अर्को पाइला बढाइदियो। बुढाको हात भउतेले किन्चित तान्न पुग्यो। बुढा झन आत्तिए। अचानक अघि बगरमा जस्तो बुढालाई कतै निद्रामा उडेको जस्तो भान भयो। बुढाले जिऊ शीथिल छाडिदिए। खोलाको बहाव झन दह्रो भयो। भउतेलाई समातिराखेको हत्केलाका औँलाहरु शिथील हुन पुगे। बुढाको शरिरमा खोलाको बहाव झन तेज हुन पुग्यो। बुढाको हात भउतेको हातबाट फुस्कियो। खोलाको आवाज र शीथील शरिरमा बुढालाई झन निद्रा लागेको जस्तो भयो, उडेको जस्तो भयो। खोलाले बुढाको शरीरलाई केहि अगाडि ल्याइपुर्यायो र भउतेको ठिक अगाडि पुर्यायो। बुढाले पाखुरामा भउतेको हातका औँलाहरु महशुस गरे र लगत्तै बुढालाई टाउकोमा चिसो अनुभव भयो। अघि सम्म निद्रा जस्तो लागिरहेको थियो, टाउकोमा पानीको शितलताले बुढाले थाहा पाए उनि डुब्दै छन्। उनले सकेसम्मको बल लगाएर हात खुट्टा चलाए। एकछिन उनले उज्यालो देखे। पानीमा उनको शरीर माथि आयो उनि हात खुट्टा चलाउँदै थिए, पानीको तेज धारमा उनको शक्तीले काम गरेन। उनको टाउकोमा फेरि चिसो लाग्यो, उनि फेरि पानी भित्र थिए। ऊनलाई रुघा लागेको जस्तो लाग्यो, नाक भित्र दुई आँखाको बिचमा निकै तेज रुघा लागेको जस्तो अनुभव भयो उनलाई। उनले थाहा पाए उनले पानी खाएछन्। हात खुट्टा चलाउन खोजे, बाउँडिएको जस्तो अनुभव भयो। उनलाई लाग्दै थियो एकैछिनमा सबैकुरा सकिन्छ! कसैको हातको बलियो पकड उनले आफ्नो नाडिमा अनुभव गरे उनले भएभरको शक्ती लाएर हात तिर हात बढाए। कसैले उनको हात जोडले निर्ममतापूर्वक पानीतिर फालिदियो। उनले आशाको एक झिनो ज्योती पनि निभ्न लागेको महशुस गरे। तुरन्तै उनले आफ्नो गर्धनमा हातको बलियो पकड अनुभव गरे, गर्धन बाट सारेर उनको कपाल कसैले जोडले समातिराखेको थियो, उनलाई फेरि निद्रा लागेको जस्तो भयो। उनि कतै उडिरहेका थिए र शायद निद्रामा थिए! उनलाई अब केहि याद भएन!

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:16 PM ] | Viewed: 2363 times [ Feedback]


: