:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

दीप पँधेराको सिमेन्टको खुट्किला जस्तो डिलमा माथिल्लो डिलमा थ्याच्च बसेको थियो र तल्लो डिलपट्टि खुट्टा झारेको थियो। उसको खुट्टाले तल्लो डिल नभेटेकोले होला झुन्डिएका दुई खुट्टामा झनै झुन्डिएका दुई चप्पल हाँसो उठ्दो देखिन्थे। एउटा चप्पलले भर्खरै पँधेराको डिलमा उक्लँदा धर्म छाडेको थियो, अर्थात चप्पलको तना भर्खरै छिनेको थियो। डिलमा बसेर दीपले टाउको नघुमाइकन हल्का आँखामात्र घुमाएर धारो तिर हेर्यो।

शबु आफैँमा खुम्चिएर बसेकि थिइन् र उनका हत्केला धारोमा फिँजिएका थिए। धारोबाट बहेको अनवरत, शीतल पानिको दवावले उनका सुडौल हत्केलालाई अलिकता तल धकेल्थे र उनको हातको बलले हत्केला फेरि अलिकता माथि आउँदथ्यो।

दीप शबुको हात हल्लिएको हेर्दै थियो।

हातमा पानी पर्दा हल्का छिटाहरु, केहि मोटा र केहि पातला छिटाहरुले शबुले ओढेको पेटिकोटलाई झन आकर्षक बनाएका थिए। रातो कपडामा पानीले भिजेको ठाउँ लालिगुराँस जस्तो गाढा देखिन्थे र तत्काल शरीरमा टाँसिएर शबुको शरीरमा चिसो लहर छोडेर जान्थे। टाँसिएपछिको त्यो भागको रंग दीपलाई अद्वितिय आकर्षक लागे!

दीप आएको देख्ने बित्तिकै शबु एक किसिमले जड भएकि थिइन्। उनका आँखा, धारोले तल भुइँमा बनाएको खाल्डोमा  थिए जसबाट धाराको पानी पर्नासाथ त्यसमा रहेको पानी उम्लिए जसरि बाहिर निस्कन्थे र बहेर जान्थे!

दीपले हतार गरेर डिल उक्लँदा उसको चप्पल चुँडिएर उछिट्टिएको शबुले देखेकि थिइन् र तत्लाकै दीपले हतार हतार चप्पल टिपेर डिल उक्लँदा ऊ झन्डै लडेको थियो।

यो देख्नासाथ शबुका अधरमा एक अत्यन्तै झिनो तर अत्यन्तै मोहक मुस्कान निस्केको थियो र उनको मनले मनमनै भनेको थियो-

"भद्रगोले मान्छे!"

यतिबेला शबुको मुहारको सुन्दरता देखेको भए दीप शायद आनन्दले बेहोश हुन्थ्यो होला!

कोइ रइनछन्, साइतै पर्या रेछ आज त!

दीपले मनमनै भन्यो र उसको अनुहारमा गर्वका रेखाहरु आए; शायद, बिचमै तास खेल्न छाडेर आएकोमा आफैँलाई श्याबासी दिँदै थियो।

आज त कुरा गर्छु गर्छु!

फेरि मनमनै भन्दै दायाँ खुट्टा हल्का उचाल्यो र दायाँ हातले घुँडाभन्दा अलिकता तल समातेर झनै उचाल्यो अनि बायाँ हातले चुँडिएको चप्पल लियो र खुट्टा झार्यो। फेरि दुवै खुट्टा माथि ल्याएर पँलेटी कसेर बस्यो र केहि सम्झे जस्तो गरेर खल्तिबाट सलाई झिक्यो र पुलुक्क शबु तिर हेर्यो।

शबुले उसलाई हेरेको बेला परेछ!

दीपको छाति भित्र हो कि पेट भित्र हो कतै केहि कुरा हल्का पोलेको जस्तो तर सुखद्, एउटा बिन्दुबाट एकछिनको लागि चारैतिर फैलियो र बिलायो!

शबुले पुलुक्क दीपलाई हेरेकि मात्र के थिइन दीप यतै फर्किदिँदा शबु एकछिनको लागि आत्तिइन् र हडबडाइन्। तुरन्तै धारातिर हेर्न थालिन्।

शबुले नजर फेरेपछि दीप त्यसै मुस्कुरायो र केहि झुकेर सलाई कोर्यो। चप्पलको तलपट्टि छिनेको टुक्रा निकाल्यो र पोल्न थाल्यो। ढिलो भएछ सलाई सकिएर निभ्यो।

उसले फेरि शबुतिर हेर्यो र अर्को सलाई निकालेर कोरेर चप्पलको तनाको टुक्रा पोल्न थाल्यो!

शबुलाई गाह्रो हुँदै थियो। आजै भन्दा पँधेरामा अरु कोहि पनि थिएनन र नुहाउन उसलाई धेरै अप्ठ्यारो र धक लागिरहेको थियो।

उसले आफैँलाई नियालिन् र आत्तिइन्।

उनि उभिइरहेकि थिइन् र अहिले सम्ममा उनको अगाडिको धेरैभाग भिजेर कपडा शरीरमा टाँसिइसकेको रहेछ! तुरन्तै लाजले उनका गाला र गर्धनमा रातो लहर जन्मायो र लाली घाँटि सम्म पुग्यो। उनलाई सिधा उभिनु ठिक लागेन। तुरन्तै उनि हल्का झुकिन र पँधेरा तर्फ दीप बसेको भन्दा विपरित पट्टिको खुड्किला तिर फर्किइन् र कम्मननिर कपडा समातेर हल्का अगाडि तानिन्। अब कपडा, उनको अगाडिको शरीरका थोरै  भागमा मात्र टाँसिएका थिए। उनलाई अलि राहत महशुस भयो, उनले एकछिन लामो सुस्केरा हालिन्।

अचानक फेरि झस्किइन्। उनलाई अब आफ्नो शरीरको पछाडिको भागमा चिसो लाग्यो! पछाडि पनि खै कसरि हो पानीले भिजाइसकेको रहेछ र झुकिदिँदा पछाडिको सम्पूर्ण भागमा लुगा टाँसिएको चिसो अनुभव आउँदैथियो।

शबु उता फर्कँदा दीप पल्याक पुलुक गर्दै कहिले चप्पलको तनाको टुक्रा मा सलाईले पोलेको हेर्दै थियो भने कहिले शबुको सौन्दर्य। शबु अर्को पट्टि फर्कनासाथ, दीपको मुटुको धडकन बढ्न थाल्यो, उसलाई एकपलको लागि सास फेर्न गाह्रो लाग्यो। कुनै बिशाल पीपलको रुखमा कुनै लता टाँसिए जसरी शबुको ढाडदेखि तलसम्म उनको लुगा टाँसिएको थियो!

चप्पलको तनाको टुक्रा पग्लनु र सलाई सकिनु एकैचोटि भयो।

दीपको औँलामा तीव्र पिडाको लहर आयो!

दाहीने हातको बुढि औँला, चोर औँला  र माझि औँलामा पग्लेको रबर टाँसिएछ! उसको मुखबाट पिडाको एउटा सुस्केर निस्कियो कुनै नमिठो गालिका साथ!

 

शबु फेरि लाजले भुतुक्क भएकि थिइन र, एकछिन किर्कर्तव्यविमूढ भएकि थिइन्।

 

दीपको मुखबाट सानो स्वरमा भद्दा गाली र पिडा मिश्रित सुस्केरा सुनेर हो कि किन हो उनको अनुहारमा तत्कालै एक किसिमको दृढता आयो। उनि फरक्क दीपभएतिर फर्किइन र तुरन्तै झुकेर धारोमा कपाल पखाल्न थालिन् मानौँ उनी कसैले हेरिरहेकोमा अनभिज्ञ थिइन्!

दीप पोलेको औँला मुखभित्र चुस्दै ट्वाल्ल परेर शबुले हतार हतार फर्केर कपाल भिजाउँदै गरेको हेर्दै थियो। उसको आँखाबाट एकपल अगाडि उसले देखेको शबुको सौन्दर्य हटेको थिएन।

गरिस गजप! तेरो सत्तेनाश हुने, एइ बेला चप्पल गाँस्न पर्या तँ असत्तिलाई!

मनमनै आफैँलाई गालि गर्यो। उसको मुहारमा ग्लानिको गहिरो भाव देखिन्थ्यो। उसलाई आफैँदेखि रिस उठिराखेको थियो। उसले शबुतिर हेर्यो।

मोटो पानीको धारमा शबु यतैपट्टि फर्केर , झुकेर कपाल मिच्दै थिइन् र उनको कपालले उनको मुहार तथा अगाडिको सम्पूर्ण भाग छोपेको थियो!

दीपलाई धाराको उतापट्टि जाने इच्छा भयो!

ह्या हुन्न, झन उसै त गुन्डो भन्ठान्छे झन एस्तो कोइ नभा बेलामा!

उसले आफैँलाई बिरोध गर्यो।

शबु अझै कपाल पखाल्दै थिइन र कुनै पनि बेला उसले कपाल पखाल्ने काम सकिन सक्थ्यो!

दीपलाई उता जाने तिव्र इच्छा जाग्यो!

अइले नै होगए अइले नै हो..!”

दिपको मनमा छटपटि बढ्न थाल्यो।

अइले गयो भन्देखुन रामोराम मलाई गुन्डो भन्छे!

उसले फेरि आफ्नो मनलाई सम्हाल्न खोज्यो।

उसको मुहारमा अत्यन्तै गहिरो छट्पटि र आतुरता देखिन्थ्यो। उसले आफूलाई सम्हाल्न सकेन।

sss के नै हुन्छ र? मइँले के नै गर्या छ र? न्वाउँदै छे कतिबेला उता गयो थाहा पाम्दिन तेल्ले, बरु टाउको न्वाइसक्ना साथ दौडेर एता आम्छु!

दीपको दिमागलाई मनले जित्यो। दुवै चप्पल एकातिर राख्यो र खालि खुट्टा जुरुक्क उठ्यो!

बेआवाज फुत्त तल भुइँमा झर्यो।

शबु, बेखबर आफ्ना दुवै हत्लेका अगाडि ल्याएर धारामा कपाल मिच्दै थिइन्। दीपका आँखा शबुबाट हटेका थिएनन्। उतै हेर्दै दिप उतापट्टि लगभग् दौडियो। उसलाई एउटै पिर थियो कतै शबुको कपाल पखाल्ने काम नसकियोस!

अचानक केहि  कुरा उसको दाहिने छातिमा जोडले ठोक्कियो।

उ ढल्मलायो! धातुको केहि कुरा खस्यो ठूलो आवाजका साथ! आवाज आइनै रह्यो। कुनै खालि गाग्रि भुइँमा खसेर गुड्दै थियो।

कुनै केटि आत्तिएर कराएको आवाज आयो।

ऊ लड्खडायो र कसै संग जुध्यो। उसले अनुभव गर्यो उसका खालि खुट्टा कुनै कपडामा जेलिएका थिए। ऊ उभिन सकेन। त्यसैमा जेलिएर लड्यो। उसले फेरि कुनै केटिको पिडामिश्रित स्वर सुन्यो जुन उसको कानको धेरै नजिकबाट आएका थिए।

ऐया नि आमाssss!”

आखिर ऊ ढल्यो।

उसले कसैलाई थिचेको रहेछ! ऊ सम्हालियो र जुरुक्क उठ्न खोज्यो! कसैको धोतिमा उसको खुट्टा अझै अल्झिराखेको रहेछ। ऊ फेरि ढल्यो।

केटिको पिडा मिश्रित आवाज फेरि आयो। उसले देख्यो र उसले थाहा पायो, शबुलाई हेर्दै हतार हतार हिँड्दा पँधेरामै गाग्रि बोकेर आइपुगेकि चेलीमाया संग ऊ नराम्ररि ठोक्किएछ!

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:06 PM ] | Viewed: 2144 times [ Feedback]


: