काठमान्डौमा लामखुट्टेको संख्या बढिरहेछ । जेष्ठ महिना भएकोले होला दिनदिनै पानि पर्छ । आज कत्तिदिन पछि दिनेशले फोन गर्यो । बसन्तपुरमा भेटौ भन्यो- हुन्छ भने ।
बसन्तपुर दरबार अगाडि चिया पिउदै गर्दा पानिका छिटा पर्न थाले । मौसमलेChallenge ग्रदैछ दिनेशले भन्यो । मैले बुझिन । उस्ले औला तेर्स्याउदै बसन्तपुरजाडशाला देखायो । नाम अनौठो लाग्यो । सम्झे केटाकेटिको पाठशाला जस्तै होला । ऐकैछिनमा पानि दर्किन थाल्यो । हतार हतारमा हामि छिर्यौ ।
भित्र ठांउ भरि भराउ थियो । मधुरो प्रकाश अनि सुकर्मको संगित बजिरहेको थियो ।
दिनेशले Beer Order गर्यो । सामन्य हाल खबर, Career, प्रेम प्रसंग सबै जारि थिए । यत्तिकैमा एकजना अर्धबैसे ठाउको खोजिमा हाम्रो नजिक आयो । Excuse me please, Can you adjust to me? । हामि तिर प्रश्न तेर्सायो । हामि मौन सहमति जनायौं । मैले उस्लाई एक्लै ? भने । आनाकानि गर्दै अ एक्लै भन्यो ।
सबैलाई Cheers !! Cheers !!!!!!!
म एक NGO मा काम गर्छु । आज ऐक्लै छिरेको । तपाईहरु young देखेर संगै बस्न आएको । एकै श्वासमा भन्यो ।
तपाईहरु नी ?
हामी बिधार्थी हो काम पानि गर्छौ Pocket money का लागी ।
धेरै राम्रो- उस्ले भन्यो ।
बिस्तारै रात पर्दै गयो । हाम्रा बिषयहरु पनी बढ्दै गये किनकि झोलको मात्रा बढिरहेको थियो। जस्तै केहि प्रसंगहरु :
- आफै नबुझेको Topic क्लासमा पढाउदा सबैले राम्रो संग बुझेको ।
- १ ली. Petrol र १ Qtr Royal Stag को दाम बराबर ।
- १ ली petrol भर्दा राती लाईनमा 1 Qtr Royal Stag सक्याएको ।
- बाहुन केटिले सगरमाथा चुमेको । क्या बात ।
- माओबादिले सबै जनजातीको मोर्चा बनाएको तर बाहुन र छेत्रिको नभएकोले खस स्वायत्त प्रदेशको माग ।
- राजा ग्यानेन्द्र (हुनेवाला नागरिक राजा ग्यानेन्द्र) संगै बसेर फेरि यसरि जांड खाने दिन कहिले आउने ?
- काठमान्डु बाट घर जादा VISA लगाएर जानु पर्ने ??
यावत गफ छल्दै थिए । घडि हेरे रात को ११ बजेछ । कोठा खालि भैसकेको थियो ।
Toilet आउने जाने क्रम चलिरह्यो । दिनेशले फेरि अन्तिम Cheers भन्यो । के का लागि ? मैले भने ।
माथिका बुंदा लागु गर्न ऊस्ले भन्यो । म हाँसे ।
हामि पैसा बुझाउन counter अगाडी गयौ । म घर जादिन बुढाले भन्यो । अनि कहाँ जाने?- मैले सोधे ।
बिष्णुमतिमा Swimming जान्छु भन्यो ।
किन?
आज बिष्णुमति भन्दा म गन्हाएकोछु त्यसैले ।
बुढा खुस्किएछ- मनमनै सोचे ।
त्यतिकैमा दिनेश करायो । ओए के भयो? ID Card देखाएर ३३% छुट माग्दै रहेछ ।
बुढा खोई कता हराएछ । अलिक धेरैनै भएछ- दिनेशले भन्यो । सगै बाहिर निस्कियौं ।
आजको जाडशालाको क्लास यत्तिनै ।