:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Saturday, April 25, 2009 | [fix unicode]
 

सेनामाथिको अपमान राष्ट्रका लागि प्रत्युत्पादक

अनिल पाण्डे

नेपाली सेनामाथि लगातार अपमान भएको छ र यसलाई भित्रभित्रै चिरा पारिएको छ । प्रष्ट रुपमा बाहिर आएको समाचार के हो भने एक चिराको नेतृत्व प्रधान सेनापति रुक्मांगद कटवालले गरेका छन् भने अर्को खेमाको नेतृत्व रथी कुलबहादुर खड्काको हातमा पुगेको देखिएको छ ।

नेपाली सेनामा विभाजन ल्याउनु एकीकृत माओवादीको ठूलो सफलता हो । किनभने ऊ आज पनि युद्धमैदानमै छ । फरक यत्ति हो- हिजो उसको हातमा बन्दुक थियो तर आज छैन । यद्यपि सफलता भन्ने होभने उसले हिजोभन्दा आज नै बढी पाइरहेको छ । हिजो नेपाली सेना सशस्त्र प्रहरी र जनपदको समेत नेतृत्व गर्दै एकीकृत ढंगले लडिरहेको थियो भने आज सेना एक्लो मात्र परेको छैन त्यसभित्र पनि चिरा पार्ने सफलता माओवादीले हासिल गरेको छ । तर झट्ट हेर्दा माओवादीले जितेको देखिए पनि राष्ट्रले भने दिनप्रतिदिन हारिरहेको छ । अन्ततः यसले माओवादीस्वयंलाई पनि दीर्घकालिक रुपमा लाभ दिनेछैन ।

अखबारमा आएको समाचारलाई विश्वास गर्नेहो भने ऐतिहासिक रुपमा सम्पन्न संविधानसभालाई समेत खारेज गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत नजरबन्दमा राख्ने हदसम्मको तयारी वा षयडन्त्र बुनिएको थियो । यसका लागि कटवाललाई छिमेकी भारतले सघाउने र खड्कालाई माओवादीले मद्दत गर्ने तयारी रचिएको थियो । यदि यस्तो भएको भए मुलुक निश्चयनै अपूर्व भड्खालोमा जाकिने थियो । एकैसाथ सयौंको संख्यामा नेपालीको जीवन समाप्त हुने अवस्था त थियो नै साथमा मुलुकभित्र विदेशी सेनाको प्रवेश प्रष्ट थियो ।

माओवादीले सत्ता हातमा लिएपछि अर्थात आठ महिनाअघिदेखि नै हरेक पक्षलाई चिढाउने खेल खेलिरहेको छ । सबैलाई चिढाउने तर सफलता हासिल नगर्ने उसको नियती नै भएको छ । पशुपतिनाथका पुजारी सैनिक जर्नेलहरुको अवकास र विभिन्न विधेयकआदि यसका उदाहरण हुन् । पछिल्लो समयमा माओवादीले साचारकर्मीलाई पनि नराम्रोसँग चिढाएको छ ।

गत चैत २५ गते प्रधानमन्त्री दाहालले प्रेस जगतमाथि जसरी टिप्पणी गरे त्यो हेर्दा माओवादी नेतृत्व पत्रकारले विगतमा लगाएको गुन सम्झन चाहँदैन भन्ने प्रमाणित हुन्छ । ुयहाँका ठूला साचारमाध्यमहरु तस्करको हातमा रहेका छन्ु भन्ने आरोप प्रधानमन्त्री दाहालले जसरी खुला रुपमा प्रकट गरे त्यसले एकसाथ रेडियो टेलिभिजन र प्रेसकर्मी सबैको स्वाभिमानमा आघात पुर् याएको छ । एकातिर सरकारले तस्करहरु छन् भनेर स्वीकारेको छभने अर्कोतिर तस्करहरुलाई कारबाही गर्न नसकेको कमजोरी पनि उजागर हुन पुगेको छ । मुलुकमा तस्करहरुको अस्तित्व रहँदा रहँदै पनि सरकार कारबाही चलाउनुको साटो खुला अभिव्यक्ति िदंदै िहंड्छ भने समस्याको समाधान कसले गर्ने के सरकार प्रमुखको काम समस्याको खुलासा गर्ने मात्र हो यदि यसो होभने समाधानका लागि कसलाई बोलाउने त
नेपाली प्रेस जगतमा इमान्दारीका साथ सबै लगानीकर्ताले धन खर्च गरेका छन् भनेर ठोकुवा गर्न सकिन्न । विगतमा ुप्रेस जगतमा चोरबाटोबाट लगानी भएको छु भनेर तत्कालीन मन्त्री जयप्रकाश गुप्ताले स्वीकार गरिसकेको यहाँ स्मरणीय छ । प्रेसमा लगानी गर्ने कतिपय साहूहरुका विविध उद्योग तथा व्यापार व्यवसाय पनि समानान्तर रुपमा चलिरहेका छन् । यसरी लगानी गर्ने व्यक्तिहरुले प्रेसको प्रभाव अन्य व्यवसायमा लगाएका छैनन् भन्न सकिन्न ।

अन्त्यमा सेनालाई चलाउन पुगेको माओवादीले सबैतिरबाट धक्का खाएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीले सबैलाई मिलाएर जाने व्यवहार देखाउनुको साटो भूमिगत कालमा जस्तै विद्रोही बनेर राजनीतिक भाषण िदंदै िहंड्नु र अन्य राजनीतिक तथा कूटनीतिक शक्तिलाई समेत बेवास्ता गरेर निर्णयमा पुग्नु असफलता निम्त्याउनु मात्र हो ।

यद्यपि कटवाललाई अवकास दिन माओवादीले ठूलै ुकाउ_िन्सलिङु नगरेको भने होइन । दुई दिनअघि मात्र सरकारमा आओवादीका तर्फबाट दोस्रो वरियतामा रहेका डा। बाबुराम भट्टराईले एमालेका दोस्रो प्रभावशाली नेता खड्ग ओली र प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत उनीहरुकै घर-घरमा पुगेर रुक्मांगद कटवाललाई अवकास दिने तयारी गरेका थिए । विगत केही सातायता कारवाहीका लागि उच्च काउ_िन्सलिङ भएको थियो । तर अन्तरिम विधायिका संसद्मा रहेका २५ मध्ये नेपाली कांग्रेससहित १७ दल राष्ट्रपति डा। रामवरण यादवकहाँ गएर सेना नचलाउन दबाब दिएपछि माओवादी पछि हट्न वाध्य भएको हो । यस परिणामले माओवादीलाई जुन हीनताबोध गराएको छ त्यो अवश्य कतै पोखिनेछ । अन्ततोगत्वा पीडित हुने मुलुक नै हो ।

   [ posted by Pandey Anil @ 12:33 PM ] | Viewed: 2294 times [ Feedback]


: