:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Saturday, February 28, 2009 | [fix unicode]
 

व्यापारी नउठेसम्म बिजुली बल्दैन –अनिल पाण्डे
Published by Hamaosamaj on February 27, 2009

Dear friends, you all are welcome to participate and celebrate Sherpa Lhosar Date: 15th March 2009,Sunday Venue: Sonoma Veterans memorial Hall. Click to read more...



व्यापारी नउठेसम्म बिजुली बल्दैन


विद्युत आपूर्तिको अभावले बहुपक्षीय प्रभाव पार्ने तथ्य सबैलाई थाहा छ । झट्ट हेर्दा विजुलीको अभावमा उद्योग-कलकाराना चल्न नपाउँने भएका कारण उत्पादन हुन नसक्ने र बस्तुको मूल्य वृद्धि हुने सम्भावना मात्र देखिए पनि यसको परोक्ष प्रभाव विजुली नै नपुगेको ग्रामीण क्षेत्रमा पनि पर्न जान्छ । विजुलीको अभावमा जेनेरेटर चलाएर उत्पादन गरिएका उत्पादनको भाउ बढ्छ । त्यो महँगो बस्तु विजुलीको अनुहार नै देख्न नपाउँने दुर्गम क्षेत्रको व्यक्तिले पनि खरीद गर्दा चर्को मूल्य चुकाउनुपर्ने हुन्छ ।
हरेक दिन १६ घण्टा लोडसेडिङका कारण विश्वमै नेपालको बदनाम भएको छ । विश्वले नेपाललाई कसरी हेर्न थालेको छ त्यसको उदाहरण लेखक इभाल्ड फलसरले दिएका छन् । फागुनको दोस्रो साता काठमाडौं आएका स्लोभिनियन लेखक फलसरलाई नेपालमा आएको नयाँ परिवर्तनको बारेमा टिप्पणी गरिदिन पत्रकारले प्रश्न राखे । सन् १९७४ मा यसअघि नेपाल आएका फलसरले ुत्यतिखेर विजुली थियो अहिले छैनु भनेर फरक देखाइदिए । उनको यो टिप्पणी तत्कालका लागि हास्यरस प्रदान गर्ने आधार बनेपनि यो अत्यन्त गम्भीर सन्दर्भ हो । नेपालको दुर्गति देखेर विश्व हाँस्न थालेको यो मार्मिक उदाहरण हो ।
सरकारले विद्युत आपूर्ति बढाउने आश्वासन जनतालाई जति बाँडेपनि त्यो सबै आकासे खेती मात्र हो । आकासले बर्षा गरायो भने लोडसेडिङको अवधि घट्न सक्छ । अन्यथा सरकारी आश्वासन पूरा हुने कुनै सम्भावना देिखंदैन । विद्युत आपूर्तिसम्बन्धी जानकारी अझ भयानक रहेको छ । बर्षा नभएको र खोलाको मुहान तथा स्रोत सुक्दै गएकाले कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह अन्तिम विन्दुमा झरिसकेको छ । बर्षा नभए दुई सातापछि कुलेखानीको उत्पादन ठप्प हुने अवस्था छ । समुद्री सतहबाट १ हजार ५ सय ३० मिटर क्षमता भएको सरोवरमा हरेक दिन ४० देखि ५० सेन्टिमिटरका दरले पानी खपत भैरहेको छ । प्राविधिकहरुका अनुसार अब १० मिटर मात्र पानी प्रयोग गर्न
सकिन्छ ।
भारतबाट आपूर्ति गर्ने भनिएको बिजुली पनि तत्कालका लागि प्राप्त हुन नसक्ने देखिएको छ । विद्युत पोल मर्मत गर्न बाँकी रहेका कारण भारतबाट आपूर्ति हुने भनिएको ६० मेगावाट विद्युत तत्कालका लागि प्राप्त हुन नसक्ने अवस्था छ । नेपालमा रहेका नदीनालाको पूर्ण सदुपयोग गर्दै छिमेकी भारतलाई विजुली बेचेर धनी हुने जनताको प्रतिव्यक्ति आय बढाउने आर्थिक बृद्धिदरमा सुधार ल्याउने कुल ग्राहस्थ उत्पादन अभिवृद्धि गर्ने सपना देख्दादेख्दै नेपालका लागि विद्युत आपूर्ति एक हास्य-कथा हुन पुगेको छ । जसलाई ग्राहक बनाउने सम्भावना देखाएर जनतालाई आश्वस्त पारिएको थियो उसैसँग विजुली किन्नुपर्ने अवस्था आउनु भयानक बिडम्बना हो ।
नेपाल सरकारको तयारी र तत्परता हेर्दा आगामी चार-पाँच बर्षसम्म नेपालीले अन्धकारमै रहनु पर्नेछ । विद्युत् उत्पादनजस्तो दीर्घकालीन र ठूलो परिमाणको लगानी आवश्यक पर्ने परियोजनाका लागि नदीमा बाँध बाँधेर विद्युत् उत्पादन गृहको स्थापना गर्नु र हाइभोल्टेज प्रसारणका लागि पोल तारआदि जडान गर्नु कम्तीमा तीन-चारबर्ष लामो अभ्यासको विषय हो । आज विद्युत आपूर्तिमा जुन प्रकारको हाहाकार सिर्जना भएको छ सरकारले कम्तीमा पाँच बर्षअघि नै यस स्थितिको मूल्याङ्कन गर्न सक्नुपर्ने हो । माओवादी सशस्त्र विद्रोहलाई देखाएर जनआन्दोलन भाग दुईभन्दा अघिको सरकारले ुपानी माथिको ओभानोु हुने प्रयास गर्नसक्छ तर सम्पूर्ण दोष गृहयुद्धलाई मात्र दिन भने मिल्दैन । किनभने माओवादीले सिर्जना गरेको अवरोधका कारण विद्युत परियोजनाहरुमा २५ प्रतिशतसम्मको प्रभाव परेको हुनसक्छ । तर मूल पक्ष चािहं के हो भने तत्कालीन सरकारको अकर्मण्यताका कारण नै यो अवस्था सिर्जना भएको छ ।
मुलुकको सम्पूर्ण अवस्थालाई हेर्दा विद्युत आपूर्तिमा निजी क्षेत्रको लगानी तथा पहल अनिवार्य देखिन्छ । आज विश्वमा सफल व्यवसायका दृष्टान्त जति देखिन्छन् त्यो राज्यको पहलमा नभई नीजि क्षेत्रकै सकि्रयतामा भएको छ । नेपालको जलविद्युत उत्पादनका लागि लोभलाग्दा स्रोतहरु नदीनाला नै हुन् त्यसका लागि विभिन्न निजी क्षेत्रका संस्थाहरुलाई लाइसेन्स दिइएको जानकारीमा आएको छ । तर लाइसेन्स लिएर नदीनाला ओगट्ने काम मात्र भएको देखिन्छ । यस अवस्थालाई बुझेर सुधारका लागि राज्यले बाटो बनाउने र निजी क्षेत्रले तदारुकताका साथ उत्पादन थाल्ने काम गर्नुपर्छ । यस दिशामा जतिसक्यो छिटो निर्णय लिनु आवश्यक छ । आधुनिक विकासको सफलताका लागि एकमात्र विकल्प निजी क्षेत्रको नेतृत्व नै हो । नेपालमा विजुली बाल्न पनि यही क्षेत्र खडा हुनु अनिवार्य देखिन्छ ।

अनिल पाण्डे

   [ posted by motherland Nepal @ 10:31 PM ] | Viewed: 2132 times [ Feedback]


: