अनिदो रात आँफै पल्टिदो रहेछ, यो मन दुखेर
बल गर्छु निदाउन बलजफ्ती, प्याला पिएर !
जुन ताराहरु पनि टह टह हेरिरहने, मलाई ताकेर
सङी सम्झी सम्बोधन गर्छु आफ्नै हात दिएर !!
यता रित्तो, उता भित्तो, नभेटिने केही कतै छामेर
रित्तो गिलास हेर्दैमा गयो, आँखाको परेला खिएर !!!
काट्नु त पर्ने नै रहेछ रात, नसकी आँफै पनि मरेर
बिहानिमै कतै भौतरिन त छदैछ, दु:खका यि हात सिएर !!!!