|
|
| |
|
अनिल पाण्डेका दुई लेख - 1 देशभक्ति नेपालीको पहिलो पहिचान र 2 पूर्वाग्रह होइन सत्याग्रहतिर लागौं Published by Hamaosamaj on December 20, 2008 Up coming events of Bay area and beyond, please visit to know what\'s happening in our society(hamrosamaj) 1. देशभक्ति नेपालीको पहिलो पहिचान अनिल पाण्डे anil pandey anilmelvin@hotmail.com www.themotherlandnepal.org राष्ट्रभक्ति र देशभक्तिबीच कति भिन्नता छ त्यो राजनीतिशास्त्रका ज्ञाताको जिम्मामा छोडेर यो पक्तिकार नेपालीमा यी दुवै गुण हुनुपर्छ भन्न्ो मान्यता मात्र प्रकट गर्न चाहन्छ । हाम्रो समाजमा एक नेपालीले अर्कोलाई कुनै पनि बहानामा न्यूनीकरण गर्ने वा होच्याउने अवसरको सदुपयोगु गर्नु स्वाभाविक बनेको छ । एकले अर्कालाई राजनीतिक पार्टी र कुनै वादका आधारमा खण्डीकृत गर्ने र तँभन्दा म योग्य व्यक्तिु भनेर सावित गर्ने अभ्यासमा जुटेको पाइन्छ । नेपाली कांग्रेस एमाले माओवादी राजावादी वा यस्तै विशेषण लगाएर काडाकाड गर्ने प्रवृत्ति मुलुकमा जुनसुकै व्यवस्था आएपनि कायम छ । स्थायी चरित्रका रुपमा यस प्रवृत्तिले मौलाउने अवसर पाएको छ । के यस प्रवृत्तिले नयाँ नेपाल निर्माण होला अवश्य हुँदैन । हामीले न्यूनतम आधार खडा गरेर सम्पूर्ण नेपालीलाई समेट्ने उदार मनस्थितिको विकास गर्नैपर्छ । कुनै नेपाली कम्तिमा नेपाल र नेपालीको उन्नति र समृद्धिका लागि आपुनो क्षेत्रबाट विवेकको प्रयोग गरिरहेको छ भने कुनै राजनीतिक विचार वा शासन पद्धतिप्रतिको आस्थाका कारण उसलाई अपमान गर्ने सोच सबैका लागि घातक छ । आपुनै उदाहरण दिएर पक्तिकार प्रष्ट पार्न चाहन्छ । यसले मुलुकमा राजतन्त्र हुँदा होस् छयालीस सालयताको बहुदलीय पद्धतिको शासनमा होस् वा आजको माओवादीको नेतृत्ववाला सरकार चलिरहेको अवस्थामा किन नहोस् नेपाल र नेपालीका लागि दुई शव्द बोल्ने-लेख्ने र दुई डलरको सहायता पुर्याउने अभ्यास त्यागेको छैन । त्याग्नेवाला पनि छैन । श्रमको खोजीमा आज अमेरिका आएपनि यसको मेहनतको प्रतिफल आपुनै जन्मस्थलमा पुग्नुपर्छ भनेर यसले ुलबीु गर्दै आएको छ । एनआरएनले नेपाली नागरिकता र लगानीको अवसर पाउनुपर्छ भनेर यसले आपुनो विचार प्रकट गरेको र पैरवीको स्तरमा आएर कुरा अघि बढाएको पनि कति शुभचिन्तकलाई थाहा छ । यसलाई लाग्छ यसले अन्तस्करणबाट नेपाल र नेपालीको पक्षमा सोचिरहेको छ । के सामान्य नेपाली भएर बाँच्न यसको यो सोच पर्याप्त छैन र हिजो केही राजनीतिक दलभन्दा पनि राजालाई देशभक्त पाएकाले यसले सोही अनुसार अभिव्यक्ति प्रकट गरेको सत्य हो । वस्तुवादी भएर बोल्न मन पराउने यस पक्तिकारले माओवादीदेखि विभिन्न राजनीतिक पार्टीका देशभक्तिपूर्ण कामको प्रशंसा र कमजोरीको खुलेर आलोचना गरेको छ । भोलि मात्र होइन बाचुाजेल यसले यो अभ्यास छोड्दैन । लोकतन्त्र र मानवअधिकारको मार्गलाई यसले सदा सम्मान तथा अनुशरण गर्छ र आज देखिएका राजनीतिक दलहरुमध्ये उनीहरुको कामको आधारमा बढी देशभक्त देखिएको पार्टीको निकट बसेर काम पनि गर्छ । तर यसरी प्रष्ट हुनु र पारदर्शितालाई स्वीकार गर्नु आलोचनाको विषय नबनोस् यसको यत्ति मात्र विनीत आग्रह हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढिसकेको नेपाली जनताले यसलाई समयको आवश्यकता ठहर गरिसकेको बेला राजास्वयंले जनताको चाहना नै मेरो चाहना हो भनेर स्वीकार गरिसकेको समयमा कसैले राजतन्त्र नै फर्काउन खोज्छ भने ऊ प्रतिगमनकारी नै हो । समयको मागलाई बुभुनु नै वैज्ञानिकता हो । जस्तो भेरिएबल्स ख्बचष्बदभिक नै बदलिएको अवस्थामा अनुसन्धानकर्ताको निष्कर्ष बदलिनु अवैज्ञानिक हुँदैन । जहाँसम्म मानवीय कमजोरीका कुरा छन् यो पक्तिकारमा पनि हुनसक्छन् । तर त्यसलाई पहाड बनाउने अभ्यासले नयाँ नेपाल बन्न सक्तैन । यस पक्तिकारले सन्दर्भअनुसार आपुनै उदाहरण दिए पनि यो सबैका लागि लागू हुने नियम हो भन्ने कुरामा यो विश्वस्त छ । खासगरी परदेशी बनेका नेपालीले एक-आपसमा एकता प्रदर्शन गर्ने मान्यता बनाउँनुपर्छ । यस कार्यमा हामी सफल हुनसकौं यही शुभकामना । 2. पूर्वाग्रह होइन सत्याग्रहतिर लागौं अनिल पाण्डे लोकतन्त्र मानवअधिकार र शान्तिको बाटो अंगीकार गर्ने व्यक्तिका लागि पूर्वाग्रह होइन सत्याग्रहको बाटो उपयोगी हुनसक्छ । तर हाम्रो समाजमा यत्रतत्र पूर्वाग्रह मात्र मौलाइरहेको छ । समाजलाई बाटो देखाउने अग्रज वा नेतृत्वमा रहेका व्यक्तिहरुमा पानि पूर्वाग्रह रोम-रोममा लुकेको देखिन्छ । यस कुराको पछिल्लो उदाहरण बनेको छ काठमाडौं उपत्यकाबाट प्रकाशित एक बहुचर्चित हिमाल पाक्षिक खबर पत्रिका । उसले पुसको दोस्रो अंकमा माओवादी पार्टी त्यसका नेता र भ्रात्रृ संगठनहरुलाई जसरी लेखेको छ त्यो कत्ति पनि सन्तुलित लाग्दैन । प्रधानमन्त्री तथा त्यस पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेता मन्त्री सबैलाई कोण-कोणबाट प्रहार गरेको छ । शाही ठाँटु भनेर प्रचण्डले व्याडमिन्टन खेलिरहेको तस्वीरसहितको आलेखमा ७० हजार रुपियाँ तिरेर खाट किनेको सन्दर्भलाई छोडेर कुनै पनि विषय शाही ठाँट भन्नमिल्ने देिखंदैन । जस्तो आलेखमा भनिएको छ सर्वहाराको मुक्तिका लागि भनी १० वर्ष चलाइएको जनयुद्धु मा झण्डै १४ हजारको ज्यानको बाजी लगाएर सत्तामा पुगेको नेकपा माओवादीका नेताहरुको जीवनशैली घरानियाँ बन्दै गएको छ । घरानियाँ बन्नुको आधार पढ्दा विशेष केही लाग्दैन । आलेखमा अगाडि भनिएको छ- प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल खानामा घिउ हालेको लोकल मन्सुली चामलको भातसँगै नियमित लोकल कुखुरा र खसीको मासु मन पराउँछन् । मासको दाल काउली आलु र रायोको साग पाए उनको रुचि बढ्छ । खानपानसँगै पहिरनका पनि सौखिन प्रम दाहाल औपचारिक कार्यक्रममा सुट र घर बस्दा लुङ्गी वा ट्याकसुट लगाउँछन् । प्रमसँग २० जोर सुट र करिब एकदर्जन पाइन्ट भएको उनका स्वकीय सचिव बिके श्रेष्ठ बताउँछन् । यसबाहेक एकदर्जनभन्दा बढी सर्ट ज्याकेट स्वेटर भेस्ट र ट्याकसुट छन् । कालो छालको जुत्ता मन पराउने प्रम दाहालसँग बाँसबारी स्कार्य र टिपटपजस्ता स्वदेशी कम्पनीकै सात जोर जुत्ता छन् । एक मुलुकका प्रधानमन्त्री र पार्टीको नेता सन्तुलित खाना खाने व्यायाम गर्ने र मस्तिष्क उर्वर राख्न मनोराजनमा पनि सकि्रय हुने अवस्था स्वाभाविकै हो । हो माओवादी नेताहरु ब्ढी उपहार ग्रहण गर्नतिर आकर्षित हुँदै जाने होभने परिणाम घातक हुनसक्छ । किनभने कसैले पनि कुनै स्वार्थबिना उपहार िदंदैन । जस्तो आलेखमा भनिएको छ ……। प्रधानमन्त्री बनेपछि आपुना लागि कपडा नकिनेका प्रम दाहालको आवश्यकता उपहारकै लुगाबाटै टरेको छ । राज्य पुनस्रंरचना तथा संस्कृतिमन्त्री एवं माओवादी केन्द्रीय सदस्य गोपाल किराँतीलाई युद्धकालमा मदिरा पिउनेलाई “भाटे कारबाही” गरेको आजैजस्तो लाग्छ तर आजभोलि उनी आफैं थकान मेट्न सुत्नुअघि नियमित मदिरा पिउँछन् त्यो पनि स्कच ह्विस्की भनेर आलेखमा टिप्पणी गरिएको छ । मन्त्री किराँतीले महिनामा एक पटक मात्र नुहाउने गरेको प्रसंगलाई पनि क्याप्सनमा महत्व दिएको छ । माओवादी नेताका दुईवटा ल्यापटप भएको विषयमा पनि पत्रिकाले आपत्ति जनाएको देखिन्छ । यो विषय पत्रिकाको पूर्वाग्रही मानसिकता प्रकट गर्न पर्याप्त छ । मजदुर नाम बदनाम माओवादी मजदुर युनियनको दादागिरी र अराजकताले सिङ्गो मजदुर आन्दोलनलाई नै बदनाम गरेको छु भन्ने शीर्षकका साथ प्रकाशित त्यसै अंकको अर्को आलेख पनि पूर्वाग्रहको पराकाष्ठा लाग्छ । आलेख सुरु गर्दै भनिएको छ ुमाओवादी मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले २०६३ साउनमा राजधानीका सात वटा क्यासिकनोमा कर्मचारीको तलव-सुविधा वृद्धि र युनियकन अधिकारको माग गर्दै आन्दोलन शुरु गर्यो । तर त्यस लगत्तै व्यवस्थापनसँग मिलेर दुई हजार माओवादी कार्यकर्ता र नेताका नातागोतालाई जागिर दिलाई कामदारको तलव-सुविधाको माग छाडेर आन्दोलन फिर्ता लियो । समाचारको प्रारम्भमै अन्य सन्दर्भ पनि उठाइएका छन् त्यसले पनि सन्तुलन देखाउँदैन । समाचार पूरै पढ्दा के देखिन्छ भने सो समाचार लेख्ने पत्रिकाको प्रकाशन गृहमा माओवादी मजदुरले आन्दोलन गरेका छन् । त्यसकै झोकमा माओवादी पार्टीलाई सुनियोजित ढंगले आलोचना गरिएको हो । समाचारलाई सन्तुलित बनाउन व्यापारीको उद्धरण गर्न त खोजिएको छ तर त्यो उद्धरण विश्वसनीय लाग्दैन । ……बारा-पसा्र औद्योगिक करिडोरका एक उद्योपति यतिसम्म भन्छन् बाहिर जेसुकै भनेपनि उनीहरु आन्दोलनका आडमा कि यति पैसा देऊ कि हाम्रा कार्यकर्तालाई जागिर देऊ भन्छन् । त्यसलाई नमाने मात्रै अरु कुरा उठाउँछन् । घरीघरी विभिन्न कम्पनीमा भइरहने आन्दोलनमा उठाइएका माग र त्यसपछि भएका सहमतिमा कुनै तारतम्य नभेटिनु त्यसकै दृष्टान्त हो । आक्कलझुक्कल कामदारलाई स्थायी गर्ने नियुक्तिपत्र दिने तलब-सुविधा बढाउनेजस्ता मजदुर हितसँग जोडिने केही सहमति भइहाले पनि विरलै कार्यान्वयन हुन्छन् । कारण भित्री रुपमा त्यहाँ मजदुर होइन माओवादीको राजनीतिक-आर्थिक फाइदाका लागि सहमति हुने गर्दछ । राष्ट्रिय रुपमा उचाइ हासिल गरेको त्यस पाक्षिकबाट समेत पूर्वाग्रहभन्दा माथि उठेर व्यवहार हुन सक्तैन भन् अरुबाट के अपेक्षा गर्ने यसले हाम्रो समाजको आग्रहपूर्ण मनस्थिति उजागर गरेको छ । नयाँ नेपालको निर्माणमा नयाँ मनस्थिति र मस्तिष्कको खाँचो देखिन्छ । यतातिर बाटो देखाउने काम राज्यको चौथो अंगबाटै हुनुपर्छ जसले गर्दा आम परिवर्तन तथा नागरिकको व्यवहारमा परिवर्तन आउन सकोस् । यो उदाहरण देखाउने काम जसले गरेपनि हुन्छ तर कुरा के भने साचारमाध्यमबाट यो काम भए एकसाथ व्यापक प्रभाव पर्नेथियो । पक्तिकारको आशय यत्ति मात्र हो ।
[ posted by
motherland Nepal @
11:34 PM ] | Viewed: 1588 times
[
Feedback]
|
|
|
| : |
|