कस्को आँखा लाग्यो कुन्नी
कस्ले टुना लगायो ?
मेरो सिङो संसारको
खुशी सारा हरायो ।
आँखा चिम्ली बस्दा पनि
तस्विर तिम्रो हट्या छैन ,
बिर्सिदिउँ कसोरी हजुर
मन मा माया घट्या हैन ।
दस दिनमै के भयो कुन्नी
कस्तो आधी-बेरी आयो
लग्यो सारा हासो-खुशी
बिना आगो, देह मेरो जलायो ।
हास्ने बाटो पाएका छन
जसले डाह गर्थे हाम्रो,
दुनियाँ पनि कती बैरी
देख्दा आँखा तर्छन नराम्रो ।
मै उडी जाऊ कि
कुरी बसु यहाँ तिमीलाई
देउरालीलाई भाकी दिउ कि
दूध चढाऊ शिवजी लाई ।
सबै थाहा हुँदा पनि
मन मान्ने नाऊ लिन्न
अलग शरीर, थियो मुटु एउटै
पाप लाग्छ पारे भिन्न ।
मिलनको त्यहा उत्सब मनाउनु तिमी
जबकी म यहाँ सधैं मरी रहन्छु ,
तिमीले त बिर्सि पनि सक्यौ होला
म भने तिमीलाई माया गरी रहन्छु ।