:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Wednesday, August 13, 2008 | [fix unicode]
 

कथा पुरै काल्पनिक भएको कारण पात्रका नामहरु (मेरो बाहेक) कसैसङ मिल्न गए संयोग मात्र हुनेछ।


आज बल्ल ३ दिन पछि उसले आफ्नो मुख धोयो र ऐनामा अनुहार हेर्‍यो। कपाल त उत्तर दक्षिण फर्केको थ्यो। राम्ररी नियाल्दा उसलाइ दाँया गाला भन्दा बाँया ठुलो भाको जस्तो लाग्यो। एउटा मात्र गाला त नमोटाउने पर्ने। अनि फेरि मुख अलिकति दाँयातिर बङाएर फेरि हेर्‍यो। गाला दुइटै मोटाको जस्तो लाग्यो। धेरै सुतेर हो जस्तो लाग्यो उसलाइ, खाना त उसले खाएकै थिएन। चिया पिउदै बस्या थ्यो ३ दिनै। दायाँ गालाको मुनि सानो तिलकोठी पनि आएछ, अलि अलि बिमिरा जस्तो पनि थ्यो तिलकोठीको वरि परि। कति धेरै परिबर्तन भएछ ३ दिन भित्र उसको अनुहारको छालामा। निधारमा एउटा फोका आउन आउन लाग्या जस्तो देख्यो। निचोर्न मन लाग्यो उसलाइ। तर अनुहार नै सुन्निएला भन्ने डरले चलाएन। आखाको डिल पनि फुलेको जस्तो देख्यो। अनुहार यो उसकै हो त? उसले आफैलाइ आफैसङ् सोध्यो एक पटक। होइन होइन, यो अरु कोहिको जस्तो छ, फिस्स हाँस्यो उ। उसले नाकको टुप्पोमा मा चिमोटेर हेर्‍यो। दुखेको महसुस भएपछि उसकै अनुहार हो भन्ने लाग्यो। अलि अलि दारी टुस्स टुस्स पलाएको थ्यो, जुङा पनि बाक्लो भैसकेको थ्यो। ऐनामा देखिएको अनुहारलाइ निधार खुम्च्याएर हेर्दै भन्यो उसले, "हो त! मेरै अनुहार हो।"

"शोभन होइन, समन हो।" एकैछिन सोचेर भन्यो उसले। आफ्नै नाम पनि थाहा छैन उसलाइ। नेपालमा उ शोभन थ्यो, यहाँ आएर समन भयो। ९ बर्स अघि जिबिकोपार्जनको लागि बिदेशिएको उसमा जिन्दगी यति धेरै अन्योलतामा बग्छ भन्ने कुरै थाहा थिएन। नेपालको एजेन्टलाइ लाखौँ तिरेर रातो पासपोर्टमा अमेरिका छिर्दा उ भुटानी शरणार्थी भएकोथ्यो। एजेन्टले सिकाए अनुसार उ समेत उ सङै आएका सबैले पासपोर्ट प्लेनमा नै फ्लश गरेका थिए। एर्पोर्टमा उनिहरुले आफैलाइ पुलिस सामु भुटानी शरणार्थी भनेर समर्पण गरेका थे। त्यसपछि उसको नाम समन भयो, अदालतमा केस चल्यो, वकिललाइ पैसा खुवायो तर सफल भएन उ। इन्डियनको ग्रोसरी स्टोरमा कालो पैसामा काम गर्न थाल्यो। बाँच्न त पर्थ्यो, त्यसैको लागि अमेरिका आएको पैसा कमाउने भनेर। घरको जिम्मेबारी पनि थ्यो, उ नियमित रुपमा आमा र भाइ, बहिनीलाइ पैसा पठाइ रहेको थ्यो।

एक हप्ता अघि उसलाइ चिट्ठि आयो पुलिस स्टेसनबाट। उ सङै आए पनि कागज बनाइ सकेको उसको काकाको छोरा चिन्तित भएकोथ्यो चिट्ठी पुर्याउन आउदा। काकाको छोराले नेपालमा स्वास्नी र छोरी भए पनि यहीँको कुइरिनीलाइ बिहे गरेर कागज बनाएको थ्यो। उसलाइ पनि त्यस्तो सुझाब देको थ्यो तर उसलाइ त्यस्तो गर्न मन लागेन। सम्बन्ध त उसको पनि केहि केटीहरु सङ नभएको होइन, तर उसलाइ झुठो बिहे गरेर कागज बनाउने कुरा नै चित्त बुझेन। परिणामस्वरुप, उ गयो पुलिस कहाँ, जहाँ उसलाइ १२ घन्टा हिरासतमा थुनेपछि देश छोड्ने आदेश आयो।

कहाँ जाने उ? कुन देशमा जाने? माँ ले फोन गर्दा जहिले पनि "यहाँ ठिक छैन बाबु" भन्नु हुन्छ। "नयाँ नेपाल भन्छन्, पुरानै मान्छे, उहि घुशखोरी, नाताबाद, क्रिपाबाद, सबै उहि छ भन्थ्यो उसको भाइले पनि। सानो तिनो ब्यापार आफ्नै देशमा गयेर गरौ कि भन्ने पनि सोच्यो उसले। तर कुनै ब्यापार राम्रो छैन भन्थ्यो भाइले। उ ठुलो समस्यामा पर्‍यो। "देश नभएको मान्छे" भयो उ अहिले।

उ आजकाल काममा जाँदैन, "तबियत ठिक नहि है, भाइ" भनेर कोठामा सुतेर बसेको छ। हिन्दि भाषा भने पछि उसलाइ मन पर्दैन थ्यो, तर उ काममा सकेसम्म साहुलाइ रिझाउन शुद्ध हिन्दि बोल्ने प्रयास गर्छ आजकाल। खासमा उसलाइ त्यो काम मन पर्दैन, साहु मन पर्दैन, उसको यो एकोहोरो जिवन मन पर्दैन। तर पनि बाँच्नै पर्छ, बाध्यता छ, कर्तब्य छ, तर उसको आफ्नो परिचय छैन।

उ सोचि रहन्छ, यदि उसकी आमाले उसलाइ नजन्माएकी भए उ आमाको के नाता पर्थ्यो? संसारको नियम देखेर उ छक्क पर्छ। उसकी आमाले नजन्माएको भए भाइ बहिनी पनि को को परचक्री हुन्थे र उसले महिनै पिच्छे दुख गरेर पैसा पठाउने बाध्यता हुन्थेन। उ कहिले एकदम एक्लै महसुस गर्थ्यो, बिरामी हुँदा आमा उसको सामुने आउन सक्थिनन्, न आमालाइ उसले नेपाल छोडेपछि कहिले हेर्न पाएको थ्यो। अनुहार बिर्सिएला भन्ने पनि डर लाग्थ्यो कहिले काहि उसलाइ र फोटो हेर्थ्यो उसको आमाको।

उसले अझै भगवानको बिस्वास गर्न छोडेको छैन। प्रत्येक मङल्बार उ ब्रत बस्छ। त्यही बिस्वास हो जसले अझैसम्म उसलाइ बाँच्ने प्रेरणा दिएको छ। उ सुत्ने बेला एकचोटी "ॐ" जप्ने गर्छ मनमनै।

३ दिन पछि उसले मोबाइल मेसेज चेक गर्‍यो। एउटा नेपाली दाइको छोराको पास्नी रैछ तेही साँझ। घर बस्दा बस्दा वाक्क भैसकेको थ्यो उ। त्यसैले अनुहार हेर्दै बस्यो कहाँ के के भएछ भनेर, साँझ परेपछि नुहाएर अलिकति सफा लुगा लगाएर उ त्यो भोजमा पुग्यो। उसले त्यहाँ चिनेको भन्दा पनि नचिनेको मानिस धेरै देख्यो। प्रत्येकको अनुहार फरक थ्यो। कोहि हाँसी रहेका थे। यो हाँसो नक्कली हो कि सक्कली हो? उसलाइ शंका लाग्यो। उ हरेक दिन काममा नक्कली हाँसो हाँस्छ। कोहि घन्टाको कति पाँउछ भन्ने कुरा गरी रहेका थे। उसलाइ दया लाग्यो उनिहरुको अबस्था देखेर त्यो घन्टा र काम बाहेक अरु केहि छैन बिचराहरुको जिवनमा। कोहि भलादमी पढेलेखेका जस्ता देखिन्थे, नेपालको राजनिती बारे छलफल गर्दैथे। जो नेपाल प्रति अलि धेरै चासो देखाइ रहेथे, उनि हरु यहीँको नागरिक भैसकेका थे। अचम्म मात्र लाग्यो उसलाइ, देश प्रेम गरे जस्ता पनि छन्, तर यतै को संसारमा रमाएका छन्। हैन आजकल उ केहि बुझ्दैन, सरल भन्दा सरल कुरा पनि जटिल हुन्छ उसको अगाडी। उ वाइन लिएर एउटा कुनामा मात्र के बसेको थ्यो, एकजना नेपाली दाइ आएर उसलाइ परिचय गराउन थाल्यो नयाँ नेपाली हरु सङ। पहिला उनिहरुले आफ्नो नाम र के काम गर्छन् बताउन थाले।

"म हरी प्रसाद, मेरो २ टा ग्यास स्टेसन छ। DV परेर ४ बर्स अघि आएको।" हरी धेरै प्रफुल्ल देखिन्थ्यो।

"म जोन, यही कलेजमा पढाँउछु।" जोन ले आफ्नो नाम यहाँको नागरिकता लिएपछि परिबर्तन गरेको थ्यो।

"मेरो नाम राम, म बिध्यार्थी हुं।" रामको अनुहारमा धेरै चिन्ताका रेखा हरु थे।

"अनि तपाइ को नाम?" हरीले सोध्यो उसलाइ।

"मेरो नाम..................? " उ अकमक्कियो एकैछिन। शोभन हो कि जस्तो लाग्यो, होइन होइन समन हो क्यारे, उसले आफ्नो नाम नै निर्क्योल गर्न सकेन। उसले सबैको मुख हेर्‍यो अनि सबैको नाम सम्झ्यो तर आफ्नो नाम के हो भन्न गार्हो भयो।

"वहाँ को नाम समन हो। आफ्नो नाम भन्न पनि के अप्ठ्यारो मान्नु भएको नि?" उही नेपाली दाइले भनिदिनु भयो।

"होइन, होइन......... त्यो मेरो बास्तबिक नाम होइन।" उसले कुरा प्रस्ट राख्न खोज्यो। समन त उनिहरुले चिन्ने नाम हो, उ त शोभन हो। चित्र कोर्न रुचाउने शोभन। नेपालमा उसले एकचोटी ललितकला क्याम्पसमा पनि भर्ना भएको थ्यो। उ आफ्नो भावनालाइ चित्र द्वारा रुप दिन्थ्यो, भबिस्यमा राम्रो चित्रकार बन्ने सपना देख्थ्यो। उसले बनाएका चित्रहरु उसलाइ आफ्नी प्रेमिका भन्दा पनि प्यारा हुन्थे। उ ती चित्रहरुलाइ अङालेर रुन्थ्यो। उ कति माया गर्थ्यो चित्रकलालाइ। उ के हुन चाहन्थ्यो, के भएको थ्यो।

"काँ समन, एक पेग नैँ सक्या छैन। अहिले नैं लागेको जस्तो गर्नु हुन्छ।" नेपाली दाइको कुरा सुनेरा सबै जना हाँसे। उसले त्यो अट्टहासमा आफ्नो परिचय भेट्टाउन सकेन। बिस्तारै त्यो भीडबाट पन्छिदैं उ फेरि हरायो अध्याँरोमा, जहाँ उसको परिचय हराएको छ।

समाप्त!

   [ posted by crazy_love @ 11:46 AM ] | Viewed: 2913 times [ Feedback]


: