:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Tuesday, July 15, 2008 | [fix unicode]
 

मेरो जिवनमा पहिलो चोटि यस्तो भएको थ्यो। बिगतमा केहि सम्बन्ध नभएका होइनन्, ती सबै पहिला केटीले मन पराएर शुरु भएका थे र आफै समय क्रममा अन्त्य भयो। अहिले म "००३" को समोहनमा आफै आकर्षित हुँदैछु। म उसको बारेमा नसोची बस्नै नसक्ने भइसकें। साधारण देखिएकी "रितु" मेरो लागि अचानक संसारकी राम्री केटी हुन थालेकी छ। मलाइ उसले बोलेको, हाँसेको, हेरेको सबै सुन्दर लाग्छ। म उसको जादुमा होम्मिदैं छु। यस एकोहोरो प्रेमको नतिजा? केहि न केहि? उसलाइ त केहि भएकै छैन। उ उस्तै स्वछन्द तरिकाले हाँस्छे, म सङ रिसाँउछे अनि मेरै अगाडी मेरो कुरा पनि काट्छे सासा सङ। यदि उसलाइ पनि म मन पर्यो रे। के हुन्छ त यस्तो प्रेमको परिणाम? उ भोली गिरफ्तार हुँदैछे। हुन सक्छ जिन्दगीभरी जेल पर्ली। म उसलाइ कुरेर कति बस्न सकुला र मेरो जिबन पनि त परिबर्तन हुन्छ नि। एउटी बन्दी केटीको लागि म आफ्नो जीवन कसरी बर्बाद गर्न सक्छु? फेरि फोन आयो, यसपटक लाइन सफा थिएन। मैले "हलो" भन्दा भन्दै लाइन काटियो। रातको १ बजि सकेको थ्यो। मलाइ फोनले डिस्टर्ब गरेको मन परेन। मैले मोबाइल अफ गरिदिएं। म सङ सिर्फ यो एक रात छ, यो प्रेमलाइ मनभरि अनुभुत गर्न। मैले भोली नआए हुन्थ्यो भन्ने कामना गरें। म उसलाइ मेरो सामुन्ने "अरेस्ट" गरेको हेर्न सक्दिनथें। एकचोटि म उसलाइ आफ्नो माया ब्यक्त गर्न चाहन्थे। चाहे उसले स्वीकारोस वा नस्वीकारोस, प्रेम त भैसक्यो मेरो उ सङ। म बसेको ठ्याक्कै तलको तल्लामा मेरि "रितु" सुतिरहेकी होली भोलीको कालो दिनको पर्बाह नगरी। मलाइ उसलाइ गएर उठाउन मन लाग्यो एकचोटी अङालोमा बाँध्न मन लाग्यो र उसमा मेरो मायाको पराबर्तन देख्न मन लाग्यो। म कोठामा हिंडीरहे रातभरी, "००३" को मायाले पनि मलाइ सुख दिन सकेन। छेक्न खोजेको त्यो बिहान पनि आयो, मैले छेक्न सकिन। शुक्रबारको घमाइलो बिहानी, जसले मेरो लागि नराम्रो साँझ बोलाइरहेको थ्यो। ब्रेकफास्टमा रितु अझै झन उज्याली थी, मेरो प्रेमयुक्त आखाँहरुले उसलाइ नहेरी बस्न सकेन। उसले हिजो किनेको गुलाबी शर्ट लाएकी थी। यो रङ उसको शरीरमा अरु खुलेको थ्यो। केशलाइ बाँधेकी थी पछाडी, तर बेला बेलामा उसको केशराशीहरु गालामा छरिन आँउथे, उ फेरि मिलाँउथी तिनिहरुलाइ हातले। म उसको त्यो केश भएर छुन चाहन्थे। मेरो अपलक हेराइले उ अप्ठ्यारो मान्न थाली। एकछिन पछि त मुखै फोरेर भनी।
"मिन्जो, मलाइ त्यसरी नहेर त! मेरो लब पर्ला तिमीसङ।" सासालाइ हेर्दै ठुलो स्वरले हाँसी। रेस्टुरेन्टका मान्छेहरु उसलाइ र मलाइ हेर्न थाले। मलाइ कस्तो कस्तो भयो। मनमा त यो केटीको केहि अड्दैन जस्तो छ। नक्कली! कस्तो ठाडै नहेर भनेकी। बिचरी अहिले हाँसेकी छे भरै उसको लागि असिमित आँसुहरु कुरिरहेका छन्। हैन, म उसलाइ बचाँउछु जसरी पनि। कसरी? मैले सोचि रहे।
उनिहरु तालिम सकाएर १ बजे फर्के ४ बजेको फ्लाइट थ्यो। २ बजे होटेलबाट हिड्नै पर्थ्यो। मैले रितुलाइ एकचोटी हिजोको बोर्डर हेर्न जाउन भनेर अनुरोध गरें। सासाले आजै किन जानु पर्ने फ्लाइट छुट्छ भनी। रितुले चाँही जान मानिन। कस्ती लाटी! म त्यो खोला तारेर उसलाइ थाइल्यान्ड पुर्याँउछु भनेर सोचीरहेको थें। रङून नजाउ भन्न पनि सकिन। यताउती गर्दा गर्दै एयरपोर्ट पुगियो। मलाइ एयरपोर्टका कर्मचारीहरुको ब्यबहार अनौठो लाग्यो। उनिहरु खासखुस खासखुस गरी रहेका थे। मानौ त्रसित थे। त्यहाँको बाताबरण एक्दम चिसो थ्यो। यो मेरो भ्रम हुन सक्छ। मेरो "रितु" को लागि उब्जिएको भाबनाको कारण म सबैलाइ डराएको देखि रहेंथे। प्लेनमा म उ सङै बसें। केहि क्षण म उ नजिक हुन चाहन्थे।
"भोली र पर्सी त म दिनभरी फिलिम हेर्छु। इन्डिअन रेस्टुरेन्ट जान्छु, साँझमा ब्युटी पार्लर गएर फेसियल गर्छु। बेलुकी चाहिँ मिकिसङ इन्डोनेसिअन बार जान्छु। तिमी के गर्छौ मिन्जो?" उ भन्दै थी।

"खोइ थाहा छैन।" मैले सानो स्वरमा उत्तर दिएं।
उ चुप लागी र झ्यालबाट तलका द्रिश्यहरु हेर्न थाली। म शायद भोली यतिखेर तिमीलाइ गरेको बिस्वातघातको पीडामा आत्महत्या गरिसकेको हुन्छु। मेरो मनमा यस्तै कुरा आँउदै जाँदै थ्यो। प्लेन रङून एयरपोर्टमा ल्यान्ड भयो। मेरो मुटु उफ्रेर मुखमा आउने बेला भएको थ्यो। म "रितु" लाइ हेर्नै नसक्ने भइसकेको थे"। सामान ली सकेपछि म "००३" लाइ अरेस्ट गर्न आएका सैनिक हरुलाइ खोज्दैथें। आफ्नो सुटकेस बोकेर उ मेरो नजिकै आइ र भनी।
"मिन्जो! तिमीले गरेको सहयोगको लागि धेरै धेरै धन्यबाद। यदि मैले तिमीलाइ कतै अन्जानमा चित्त दुखाए भने मलाइ माफ गर है। मेरो मुख अलिकति छुच्चो छ तर त्यस्तो नराम्रो सोचेर मैले कहिले पनि तिमीलाइ केहि भनिन। तिमी असाध्यै भलाद्मी र सहयोगी छौ।" भन्दै उसले म सङ हात मिलाइ। मलाइ उसको हात छोड्न मन लागेन। उ फुकाउने कोशिस गर्दैथी, म झन् अठ्याइ रहेथें। मेरो मनको भकानो फुटेरो आँखामा तैरिन थालेको थ्यो। कसैले आएर मलाइ पछाडीबाट बोल्यायो।
"मिन्जो! सामान लि सक्यो भने घर हिंड"। मेरो अगाडी मेरो बुबा उभिरहनु भएको थ्यो। रितु बाइ भन्दै सासा सङ बाहिर निस्की। शायद बाहिर उसलाइ अरेस्ट गर्नेछन्। म बुबासङ हतार हतार बाहिर निस्कें। सासा र रितु एउटै ट्याक्सी चढेर गए। मलाइ राहत भयो। एयरपोर्टमा न च आएको थ्यो न त अन्य सैनिकहरु। मलाइ अचम्म लाग्यो। कहिले नआउने बुबा मलाइ लिन आउनु भएको थ्यो।
बुबाले ट्याक्सी लिएर आँउदा म रितु गएको बाटो हेर्दैंथें।
"के भयो बुबा?" मैले ट्याक्सीमा बसे पछि सोधें।
"अहिले चुप लाग। घरमा कुरा गरौंला। भगवानले सबै राम्रो गर्नु हुन्छ।" बुबाको कुराले मलाइ झन छक्क बनायो। बाटोभरि म अनेक तर्कना गर्न लागें। घर पुग्नासाथ आमा मलाइ अङालेर रुन थाल्नु भयो। म झन् आस्चर्यचकित भएं। एकछिन पछि बुबाले भन्नु भयो।
"हिजो राति जर्नेल "तान से" को पार्टीले "कू" गर्यो। पहिलेको जर्नेललाइ भ्रस्टाचार र अरु अभियोगमा आजिवन कारबासको सजाँए तोकेको छ। तेरो बिभागमा काम गरिरहेका सबै कर्मचारीहरु जेल परे। त्यसमा च र कर्नेल आङ्जो पनि परे। तेरो भाग्य बलियो रैछ। तँ बर्खास्त मात्र भाको छस्।" मेरो दिमागमा चलिरहेको "अपरेसन ००३" को फिलिम अकस्मात बन्द भयो। म कहिं गइन। पुर्ब जर्नेलको मन पर्नेको सुचीमा मेरो नाम पनि थ्यो, त्यसै कारण म अरु ७० सैनिक अफिसरहरु सङ बर्खास्त
भयें। राज्यले मलाइ रोजगारीको लागि अयोग्य ठहराँउदै ५ बर्सको लागि बिदेश भ्रमण पनि रोकिद्यो। पासपोर्ट जफत गर्यो। भाग्यले गर्दा जेलमा परिन। च लाइ भेट्न जान पनि सकिन, उसको बिबाहको कुरा सम्झेर टिठ लाग्यो। मेरो जिबनको १५ बर्स अनायासै माटो सरी बिलायो। मेरो न भुत थियो, न त बर्तमान। भबिस्य त मेरो कल्पना भन्दा परको कुरा भैसकेको थ्यो। "मेजर" शब्दले मलाइ आफैसङ घ्रीना लाग्थ्यो। भर्खरै चढ्न लागेको प्रेमको रङ मेरो जीबनको यथार्थले फीका भैसकेको थ्यो। "कू" को कारण पुराना फाइलहरुसङै "अपरेसन ००३" को रेकर्ड पनि हराएको थ्यो। मैले आफुले तयार पारेको प्रतिबेदन पनि जलाइ दिएं। न म रुन सक्थें न चिच्याउन नै। म आफ्नै देशमा "अनागरिक" भएको थें। म सङ केहि थिएन। म खाने र सुत्ने बाहेक केहि सोच्न सक्दिनथे। "डिप्रेसन" भएको थ्यो। मैले २ हप्ता कसै सङ सम्पर्क गरिन। मेरो मोबाइल अफ नैं रह्यो। फिल्डबाट फर्केको १६ दिनमा घरको टेलिफोनमा सासाले कल गरेकी थी। "सासा" भने पछि "रितु"को सम्झना आयो, तेहि आशाले मैले फोन उठाँए। उसलाइ पनि म सङ कुरा शुरु गर्न गार्हो भाको महसुस गरें मैले। उसले केहि सोधिन। खाली फिल्डको कुराहरु सम्झाइ रही। मैले आफै सोधें।
"रितु को के छ हालखबर?"
"उ त एक हप्ता अघि अकस्मात हेडक्वार्टरमा ट्रान्सफर भइसकी, बैंककमा छे। अस्ति इ-मेलमा मिन्जोलाइ सम्झेको छ भन्दिनु भन्थी।" सासाको लागि रितु बैंकक फर्किनु बिल्कुलै सामान्य कुरा थ्यो। मेरो लागि मरिसकेको आशा फेरि ब्युँतिएर हराउन लागेको थ्यो। केहि बेरपछि सासाले फोन राखि दी। रितु नै नभएपछि अरु के रह्यो र कुरा गर्ने बिशय। एक रातमा मेरो जिबनको पासा नराम्ररी पल्टी सकेको थ्यो। मलाइ के नै चाहिन्थ्यो र अहिले? खाली रितुको सम्झना बाहेक। के उसले पनि कहिले काहिँ मलाइ सम्झिन्छे होली?

समाप्त।

( यहाँहरुले दिनु भएको माया, सदभाव र प्रोत्साहनको लागि धेरै धेरै धन्यबाद ! यस कथाका बिषयबस्तु, पात्र, घटना र लेखिका स्वंय काल्पनिक भएको कुरा अबगत गराँउछु।)

   [ posted by crazy_love @ 08:01 PM ] | Viewed: 2581 times [ Feedback]


: