:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Monday, December 28, 2009 | [fix unicode]
 

Dear Friends,    Could you do me a favor? I need some economics schools for PhD program which require the minimum GRE score (I just have 600 in quantative and 560 in verbal).   Thank you!salina ... (READ MORE)

   [ posted by sanjivani @ 07:54 PM ] | Viewed: 991 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

सबैजना क्रमश: नजिक आइपुग्दै थिए र कुम्लेलाई भाउन्न हुँदै थियो। पुन्टे बुढाले जे जे सुने पनि बुढि यतिबेला स्वास्थ्यचौकीमा आएकोमा बुढा भुन्भुनाइरहेका थिए। रिट्ठे वाल्ल परेर टुलुटुलु सबैलाई हेरिरहेको थियो। नेपे बुढा र मदनवा नजिकै आइपुगे तर अगाडिबाट आउँदै गरेका गाउँलेहरुलाई देखेर वाल्ल परेर हेर्न थाले। "कथि भयो चैली बहनको?" चेलिमायालाई बोकेर उनका पति नजिक आउनासाथ मदनवाले सोध्यो? “खै पँधेरा लडिछिन् दीपबाउ संग ठोक्केर खुट्टा मर्को जस्तो छ हिन्न सक्तिनन् हेर्दिनपरो डाउडर!” चेलीमायाको पतिले सबैलाई ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:50 PM ] | Viewed: 2402 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

कुम्ले एकछिन खोकेको खोकेइ भयो र रसिला आँखा पार्दै नेपे बुढालाई हेर्न थाल्यो र सुरुवाल सकेसम्म हातमा मुठ्ठि पारेर समात्दै बिस्तारै पलेँटि कसेको खुट्टाको घुँडा मुनि लगेर लुकायो। नेपे बुढाको आँखा कुम्लेको हातमा रहेको सुरुवालमा नै थियो बुढाको आँखा कुम्लेको हात संगै घुम्दै कुम्लेको घुँडामा पुगेर रोकियो। बुढा केहि बोल्न खोज्दै थिए त्यत्तिकैमा पुन्टे बुढाले एक घुट्कि रक्सि सुरुप्प पार्दै बोले- "ओहो नेपे दाई बिराइँ पर्नु भ'छ कठै, के खानुभाथो र पखाला लाग्यो?" नेपे बुढाको ध्यान सुरुवालबाट हटेर पुन्टे ब ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:43 PM ] | Viewed: 2383 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

हेर् हेर् सुड्डो गयो जस्तो छ हौ!" निशान्तले आँखा च्यातेर बिस्टेबुढा डुब्न लागेको हेर्दै केहि डर मिश्रित स्वरमा भन्यो। झिल्केका आँखा, अघि देखि त्यतै थिए। ऊ केहि बोलेन। अवाक् भएर केवल प्रकृतीको सानो तान्डव हेर्न थाल्यो। पर, भउते खोलामा उभिएर खोलाको बहावसंग संघर्ष गर्दा हल्का हल्लिएर दुवै हात उठाउँदै कराइराखेको थियो, तर उसको चिच्याहट खोलाको गडगडाहटमा विलिन हुँदै थियो। दुवैका अनुहार पँहेला देखिन्थे र थाहा हुन्थ्यो एकछिन अघिसम्म गाँजाको नशामा मातेका यिनिहरु अहिले नजानिँदो किसिमले डराइरहेका थिए। ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:42 PM ] | Viewed: 2562 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

पुन्टे बुढालाई यतैतिर आउँदै गरेको देख्नासाथ कुम्लेको अनुहारमा हल्का डर व्याप्त भयो र उसलाई खैनिको तीव्र तलतल महशुस भयो। छिटो छिटो खैनि झिकेर मुखमा हालेर छेउमा पिचिक्क थुक्यो र भर्खरै काटिएको भालेतिर हेर्यो। गाढा राता र काला काला छिर्के मिर्के प्वाँख सहितको भालेको शरीर र रातो लामो सिऊर; पुन्टे बुढाले आफ्नो भाले चिन्न सक्ने सम्भावना धेरै थियो! बुढा आँगनको डिलबाट नजिकै आइपुगिसकेका थिए। " ए डाउडर पानी तातो?" कुम्लेले पुन्टे बुढा आउँदै गरेको हेर्दै मदनवालाई सोध्यो। “ओह सला पुनटे दाजुको देइखके पानी ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:40 PM ] | Viewed: 2474 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

झ्यालको डन्डीमा घोप्ट्याएको सलाइन पानीको बोतलको मुखबाट एउटा निश्चित अन्तरालमा पानीका थोपा तप् तप् गर्दै तल पाइपमा चुहिन्थे। कुम्ले एक टकले पानी चुहिएको हेर्दै थियो। उसको मुहारमा आज बिहान देखिको बदमाशी र क्रुरता सधैँलाई हराए जस्तो देखिन्थ्यो र अहिले यो क्षणमा उसको मुहारमा संसारभरिको निर्दोशता व्याप्त थियो। उसको मनले शायद भन्दै थियो, एउटा सानो बोतलमा भएको पानी सियोले घोचेर मान्छेको नशामा छिराउँदा मरेको मान्छे ब्युँतिने यथार्थ उसले बुझेर बुझिनसक्नुको छ। मदनवा भर्खरै उसको कोठामा गएको थियो। कुम्ले ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:34 PM ] | Viewed: 2399 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

शबु केहि लाजले खुम्चिँदै त केहि दीपले हेरिरहेको छ भन्ने कल्पनाले आत्तिँदै एकोहोरो किसिमले कपालमा फगत पानी थाप्दै थिइन र उनका हातले बस कपाल मिचेको जस्तो गर्दै थियो। उनि पँधेरामा थिइनन्, शायद कतै कुनै संसारमा लाज, रोमांच र मिठासले भरिएको विमानमा उड्दै थिइन्। उनलाई थाहा पाउन मन लाग्यो दीप के गरिरहेको छ भनेर। उनले निकै बलपूर्वक टाउको धारोबाट अलिकता छेऊमा ल्याइन र दुवै हातले कपाल मिचेको जस्तो गरेर आँखाबाट हल्का हटाइन र पँधेराको डिलतिर हेरिन्। दीप त्यहाँ थिएन! उन्ले टाउको अलिकता घुमाउन लागिन् यत्तिकैम ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:30 PM ] | Viewed: 2247 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

चिया गुलियो थियो तर यसको एक एक घुट्कि नेप्चेलाई तितो लाग्दै थियो। एक त चिया पाक्न नै ढिलो भएको थियो, अर्को बुढा निकै नै ढिलो थिए, सकेसम्म मोटो शरीरलाई चलाउन खोज्दैनथे। बसन्ती गएको निकै बेर भैसकेको थियो। नेप्चे हतार हतार चिया सकाउन खोज्दै थियो। "गफ गर्दै होलान्!" नेप्चेले सोच्यो। “गाले बजिया नि मख्ख परेर हाँस्दै होला, असत्ति!” नेप्चेले चियाको घुट्कि लाउँदै सोच्यो। “बर्खाले बाटो कत्तिओ चिप्लो बना'छ हँ गाममा?” भित्रबाट बुढाको प्रश्न सुनेर नेप्चेलाई दिक्क लाग्यो। उसको मन उथलपुथल भैराखेको थियो ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:27 PM ] | Viewed: 2202 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

भालेको मुख बाँधेपछि कुम्ले ढुक्क थियो। ऊ हतार हतार हिँड्दै थियो र साथसाथै पल्याकपुलुक यताउता हेर्दै पनि थियो। उसलाई सकेसम्म छिटो घर पुग्नु थियो। उसलाई भोक लागेको आभाष हुन थाल्यो र उसले च्यापेको भालेको स्पर्शले उसको भोक झन बढाइराखेको थियो। बाटो तेर्सो भएता पनि तुलनात्मक रुपले अलिकता ओरालो जस्तो बाटो हिँड्दै थियो कुम्ले, र छिटो छिटो हिँड्दा उसलाई गुरत्वबलले झन् लगभग दौडाउँदै थियो। भाले लिएर हिँडेदेखि ऊ शान्त हुन सकेको थिएन। उसले महशुस गर्दै थियो, भाले देखेर लैजानेकुरा सोच्न जति सजिलो थियो लिएर सबै ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:24 PM ] | Viewed: 2238 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

रिट्ठेलाई सम्पूर्ण ब्रम्हान्ड घुमेको जस्तो लाग्दै थियो। टाउकोभित्र कतै तिखो दुखाई थियो र तिघ्राका मासुहरु गलेका थिए! बिउँझिए पनि उसलाई आँखा खोल्न मन लागिरहेको थिएन। छातिमा पनि कतै भित्र पिडा महसुर गर्दै थियो। बिस्तारै आँखा खोल्यो, झलमल्ल बिहानको उज्यालोमा मक्किएको दलिन उसको आँखा अगाडि आयो। टाउकोको दुखाई झन तीव्र भयो। उसले गिदी हल्लिएको अनुमान गर्यो। " धोक्न नि बेसरि धोकेछु डरको सुरमा!" मनमनै बोल्दै जिऊ तन्कायो! "हर्के र दीप नि पसारिराका होलान्! कति बजो कुन्नि?" यति भन्दै बिस्तारै दुखाइले मु ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:19 PM ] | Viewed: 2177 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

बिस्टे बुढाको मनमा चलेको आँधिले थामिने नाम लिएको थिएन। हिजोको झरिले चिप्लो बनाएको ओरालो बाटो हिँड्दा कयौँ पटक बुढाका खुट्टाले जमिन छोड्न खोजेका थिए तर भौतेको बलिष्ट पाखुराले बुढालाई लगभग झुण्ड्याउँदै भए पनि दोभानेको बगर सम्म ल्याइपुर्याएका थिए। बगरमा हिँड्दा हिड्दै बुढालाई निद्रामा कतै उडेको जस्तो लाग्न थालिसकेको थियो। उमेर, पिर, थकान र पिडाले होला बुढालाई रिंगटा लागेको, तर नातिनी मरेको बाँचेको केहि पत्ता लागेरै छाड्छ भन्ने बुढाको इच्छाशक्तीले होला बुढा अझै पनि हिँड्दै थिए। "ल खोलो आइपुगो हउर, ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:16 PM ] | Viewed: 2363 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

होटलवाला निशान्त र झिल्केलाई होटलबाट निस्केको वाल्ल परेर हेर्दै थियो। उनिहरु निस्कनासाथ होटलवालाले निकै राहत महशुस गरेको थियो र एउटा ठूलो बोझ हटेको जस्तो हल्का अनुभव गर्दै थियो। विगत ३ दिन देखि उसले टाढा काठमान्डुदेखि आएका यि दुई अचम्मका ठिटाहरुको कुरा सुन्ने, भनेको कुरा पुर्याइदिने र धम्कि सुन्ने बाहेक अरु कुरा सोच्ने फुर्सद सम्म पाएको थिएन। काठमान्डु बाट दुई दिन पुरा यात्रा गरेपछि पुगिने यस बजारमा पनि निशान्त र झिल्के काठमान्डौको आफ्नै टोल हाँडिगाउँकै रवाफ देखाउन सफल भएका थिए। आफू भन्दा निकै ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:12 PM ] | Viewed: 2203 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

आज बिहानै देखि चेलिमायाको मन हलुका थिएन। मंसिरमा बिहे गरेर यो गाउँमा आएदेखि नै उसको मन कहिले रमाउने र कहिले दुख्ने भैरहेको थियो। छ महिना भन्दा बढि भैसकेको थियो बिहेको, तर पनि उनलाई कहिले आफ्नो लोग्ने अत्यन्त मायालु र उनको हेरचाह गर्ने मरिमेट्ने लाग्दथ्यो त कहिले नितान्त अपरिचीत तथा कडा। उनि सकेसम्म पति र घरका अरु सदस्यलाई खुसि बनाउने भरमग्दूर कोशीस गर्दथिन तर निकै पटक उसलाई कसैले नबुझिदिँदा उनको मन रुने गर्दथ्यो र सात डाँडापारिको आफ्नो माइती सम्झेर एक्लै धुरुधुरु रुन्थिन्। उनको आँखा खुल्यो। बाह ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:08 PM ] | Viewed: 2109 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

दीप पँधेराको सिमेन्टको खुट्किला जस्तो डिलमा माथिल्लो डिलमा थ्याच्च बसेको थियो र तल्लो डिलपट्टि खुट्टा झारेको थियो। उसको खुट्टाले तल्लो डिल नभेटेकोले होला झुन्डिएका दुई खुट्टामा झनै झुन्डिएका दुई चप्पल हाँसो उठ्दो देखिन्थे। एउटा चप्पलले भर्खरै पँधेराको डिलमा उक्लँदा धर्म छाडेको थियो, अर्थात चप्पलको तना भर्खरै छिनेको थियो। डिलमा बसेर दीपले टाउको नघुमाइकन हल्का आँखामात्र घुमाएर धारो तिर हेर्यो। शबु आफैँमा खुम्चिएर बसेकि थिइन् र उनका हत्केला धारोमा फिँजिएका थिए। धारोबाट बहेको अनवरत, शीतल पानिको दवा ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:06 PM ] | Viewed: 2144 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

नेप्चे फटाफट बसन्तीको पसलतिर गयो। पसलको पिँढिमा पुगेर उभियो र भित्र नहेरि बोल्यो‍- "एक गिलाँस च्या पाइएला साउनि?" “ च्या त पाइएला एकछिन कुर्न पर्च, दुध तता छइन!” भित्रबाट धोत्रो स्वर आयो कुनै लोग्नेमान्छेको। नेप्चेले भित्र हेर्यो, बसन्तिको बाबु दूधको भाँडो चुल्होमा राख्दै थिए र बसन्ति अर्को कुनामा केहि सामान मिलाउँदै थिइन्। यता चिया कुर्दा उता उसको सट्टामा गालेको फर्सी बिक्ने पक्का थियो। तर पनि उसले भन्यो- “हुन्छ पकाउनोस न!” उ पसलको खामोमा अडेस लागेर आधि जिऊ भित्र र आधि जिउ बाहिर पारेर बस ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:04 PM ] | Viewed: 2276 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

नेप्चे निकै खुसि थियो, घाम चर्केँ छँदा उसको डोकोको आधा भन्दा बढि फर्सी बिकिसकेको थियो र गालेको डोको अझै लगभग भरिएको थियो। गाले टुलुटुलु बजारमा आवत जावत गर्ने मान्छेको अनुहार तिर हेरिरहेको थियो र ऊ तिर बढेर कसैले फर्सी किनिदिने आशमा थियो। " तरकारी च्युरा खान्छस?" नेप्चेले पटुकाबाट केहि गुजुमुजु परेका नोट निकाल्दै गाले तिर हेरेर भन्यो। गालेले पुलुक्क नेप्चेलाई हेर्यो र बिस्तारै भन्यो- "फर्सि बिक्या छइन, पइसो नि छइन क्यारि खानु, भोक त ला थो!" नेप्चेले गालेको कुरा सुनेर अनुहारमा घमन्डको भाव ल् ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 02:00 PM ] | Viewed: 2055 times [ Feedback]


:

   
Blog Type:: Story
Tuesday, December 22, 2009 | [fix unicode]
 

"शबुssss!!! ए शबुss!!!, कति सुतिरन्छे यो केटि??? उठ् छिटो, भैँसि करा कराएइ छ एक गाग्रि पानी ले'रा झट्टै!!" मुखिनी बजैको कर्कश ध्वनी घरभरि गुञ्जियो। शबुका आँखा एकछिन अघि नै खुलिसकेका थिए, बाहिरका कल्याङ मल्याङ खलबलहरुले। भैँसि कराइराखेको थियो, चराहरु चिरबिर गर्दै थिए र मुखिनि बजैको अशुद्ध कृष्ण भजनको गुनगुन चल्दै थियो र यि सबैकुराहरुले शबुको सपना अघि नै बिथोलेर उनलाई निद्रादेवीको काखबाट खोसिसकेका थिए। अघि नै झलमल्ल घाम लागिसकेको थियो। ओछ्यानमा नै पल्टेर टुलुटुलु माथि दलिन हेर्दै कहिले दाहिने खु ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 04:23 PM ] | Viewed: 2410 times [ Feedback]


:

   
Blog Type:: Story
Tuesday, December 22, 2009 | [fix unicode]
 

दीप हिँडेपछि खेल त्यत्तिकै रोकियो। एक त कोरम पुगेन अर्को ठूल्दाईको खल्ति रित्तियो। जित्नेमा लहरे पर्यो, सुन्तलेलाई जस्ताको तस्तै भयो। "तीन रुप्पे भाडा त बाँकि नै छ के रे नि! खेल सक्केर त के भो त भाडा त पाम्न परो!" कैले साहुले तासको भाडा जसरि भए पनि उठाउनु पर्ने कुरा गर्यो। “ह्या तेसै अर्काको लुटेर खानि बानि छैन हाम्रो, ल हामि तिन जना छम एकएक रुप्पे तिम्लाई दिन्छौ कैले साउ!” सुन्तलेले एक रुपियाँको नोट कैले साहु तिर फाल्दै भन्यो र जुरुक्क उठ्यो। लहरेले भुइँमा छरिएका गुजुमुज्ज परेका नोटहरु संग ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 04:21 PM ] | Viewed: 2128 times [ Feedback]


:

   
Blog Type:: Story
Tuesday, December 22, 2009 | [fix unicode]
 

कुखुरा नकराइदिए हुन्थ्यो भन्दैथियो कुम्ले, तर कुखुरा कराएको करायै थियो। धन्न बाटोमा कोहि हिँडेका थिएनन्! कुम्लेले लाएको कमिज उलाई टाइट लाग्न थाल्यो। भुँडितिर कमिज भित्र भाले अटाउँदैनथ्यो, र काखिमा च्याप्न गाह्रो भैराखेको थियो। कुम्लेले ककुखुराको मुख काखिले च्याप्प चाप्थ्यो र एकछिन हिँड्ना साथ भालेको मुख फुत्किन्थ्यो र भाले कराउँदथ्यो। एक पटक त भालेको चुच्चोले कुम्लेको काखि घोच्दा ऊ भुतुक्कै भएको थियो। एक त भाले कराएपछि कुम्ले कसैले सुनेको त छैन भन्दै यताउता हेर्न बाध्य हुन्थ्यो, अर्को खैनिको तल ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 04:14 PM ] | Viewed: 2103 times [ Feedback]


:

   
Blog Type:: Story
Tuesday, December 22, 2009 | [fix unicode]
 

सुकिलो सेतो लबेदा र सुरुवाल अनि दायाँ पट्टि कन्चटनिर फाटेको भए पनि सफा ढाकाटोपी लगाएर नेपे बुढा काँधमा एउटा पँहेलो तर पुरानो देखिने झोला बोकेर जजमानी गर्न तल गाउँतिर ओरालो झर्दै थिए! उनको निधारमा मिहिनेतसाथ लाइएको स्पश्ट पँहेलो टिका देख्न सकिन्थ्यो र पँहेलो टिकाको तल सानो रातो टिका पनि थियो। उनको मुखबाट कुनै श्लोकको अशुद्ध हरफहरु निस्कँदै थिए- " ….दुर्गाक्षमा शिबरात्री स्वासोदा नमोस्तुते…" बर्खा लागे देखि नै नेपे बुढालाई दुई कुराले सताएको थियो। एक त झरि परेर हो वा गाउँमा वैदिक कर्म कम भएर र चा ... (READ MORE)

   [ posted by Birkhe_Maila @ 04:12 PM ] | Viewed: 2389 times [ Feedback]


: